Skip to main content

मुनंकर्मी

मुनंकर्मी शब्द नेपाल भाषाका तीन शब्दहरू मिलेर बनेको हो। “मु” भन्नाले मुख्य, “नं” भन्नाले वश्त्र र कर्मी भन्नाले शिल्पी भन्ने जनाउँदछ। 

तलेजु भवानीको लुगालाई मानंमुनं भन्ने गर्दछ भने तलेजु भवानीले लगाउने सारीलाई “ईहिँप्रासी” भनिन्छ। तसर्थ मानंमुनं र ईहिँप्रासीलाई मुख्य वश्त्रको रूपमा लिने गर्दछ। यसरी मुनं बनाएर तलेजु भवानीलाई चढाउनेहरूलाई नै मुनंकर्मी भन्ने गर्दछ। त्यस्तै मुनंकर्मीहरुले विवाहका लागि चाहिने दु फाङा, बेल विवाहको लागि चाहिने ईहिँप्रासी पनि बुन्ने गर्छन्।

मुनंकर्मी, ई स. १३२४ मा गयासुद्दीन तुगलकले बङ्गाल विजय पश्चात् दिल्ली फर्किँदै गर्दा तिरहुतको राजधानी सिम्रौनगढमाथि आक्रमण गरी ध्वस्त पारे पछि राजा हरिसिंहदेव, रानी देवलदेवी, पुत्र कुमार जगजित सिंहदेव सँगै आएका थिए।



Comments