Skip to main content

Posts

Showing posts with the label Udas

Yami

यमी   सामान्य तया नेवार समुदायमा काठमाडौं बासी नेवारहरूलाई यमी भनिन्छ ।  तर पूर्व राज्य मन्त्री, स्वतन्त्रता सेनानी, समाज सुधारक तथा लेखक धर्म रत्न तुलाधरले  यमी  उपमा प्रयोग गरे, जसका कारण उनका सन्तति (हिसिला यमी)ले पनि यमी थर प्रयोग गरे । तसर्थ यमी तुलाधर को उपथरको रूपमा लिन सकिन्छ। https://en.wikipedia.org/wiki/Tuladhar#:~:text=According%20to%20the%20division%20of,between%20Nepal%2C%20India%20and%20Tibet. Yami   Generally, in the Newar community, Newars residing in Kathmandu are called "Yami." But, former State Minister, freedom fighter, social reformer, and writer Dharma Ratna Tuladhar used the surname 'Yami,' which led his descendants (Hisila Yami) to adopt the same surname. Therefore, 'Yami' can be considered a sub-caste of Tuladhar.

Tuladhar

तुलाधर तुलाधर संस्कृत शब्द " तुला " (तौलने काँटा) र " धर " (धारण गर्ने) बाट उत्पन्न भएको हो, जसको अर्थ तौलने काँटा बोक्ने अथवा व्यापारी भन्ने बुझाउँछ। तुलाधरहरू उराय समूह भित्र पर्छ। उनीहरू बौद्ध धर्मका अनुयायी हुन्। तुलाधरहरूले नेपाल, तिब्बत र भारतवर्षका विभिन्न देशहरू बीच कपडा, सिक्का तथा धातुका सरसामानहरू साटफेर गरी ऊन, कस्तूरी, छाला र याकको पुच्छरको व्यापार गर्थे। Tulādhar/Yami Tulādhar is derived from the Sanskrit words " tula " (weighing scale) and " dhar " (possessor), thus meaning scale-bearer or in general, merchant. Tuladhars belong to the Uraya group. They follow Buddhism. They are best known for their history as trans-Himalayan traders conducting trade between Nepal, Tibet and Indian princely states . They traded wool, musk, hides, and yak tails by bartering textiles and metal goods. For more information on Tuladhar (थप जानकारीको लागि) https://en.wikipedia.org/wiki/Tuladhar#:~:text=According%20to%20the%20division%20of,between%20...

Baniya/Shresthacharya

बनिया/ बन्या / श्रेष्ठाचार्य नेवार समुदायभित्रका बनिया/बन्या पनि मधेशी समुदायका बनिया झैँ व्यापारसँग सम्बन्धित समूह हुन्। परम्परागत रूपमा , उनीहरू आयुर्वेदिक औषधिहरूका लागि आवश्यक जडीबुटी तथा कच्चा पदार्थका व्यापारीका रूपमा परिचित छन्। बनिया समुदाय उराय समूह अन्तर्गत पर्दछ। साथै , यस समुदायका केही व्यक्तिहरू आफ्नो थर श्रेष्ठाचार्य पनि लेख्ने गर्दछन्। यस थरका मानिसहरू बौद्ध धर्मावलम्बी रहेका छन्। Bania/Shresthacharya The Bania within the Newar community are also a trade-related group, similar to the Bania of the Madhesi community. Traditionally, they are known as merchants of herbs and raw materials essential for Ayurvedic medicine. The Bania community falls under the Uray groups. Additionally, some individuals from this community use the surname Shresthacharya. The people of this caste are Buddhists. The name Bania is derived from the Sanskrit word vanijya (merchant); by preference, Bania (caste). Banras (Banias), subdivision of Newars, Nepal Itum Bahal, Kathmandu.

Ka:mi, Sikami, Shilpakar, Shreekhanda, Sthapit, Barahi

  शिल्पकार, सी कमी, कमी, श्रीखण्ड, स्थापित, बाराही स्थानीय नेपाल भाषामा कमी वा सीकमी भनेर चिनिने यो थरले परम्परागत शिल्पी समुदायलाई जनाउँछ, जो काठमा विभिन्न प्रकारका कलाहरू सिर्जना गर्न र निर्माण गर्नमा आफ्नो सीपको लागि परिचित छन्। यो जातिले नेपालको वास्तुकलामा महत्वपूर्ण योगदान पुर्‍याएको छ, जुन मन्दिरहरू, दरबारहरू र अन्य ऐतिहासिक संरचनाहरूमा सजिएका काष्ठकलामा देख्न सकिन्छ। शिल्पकार, सी कमी, कमी, श्रीखण्ड, स्थापित, बाराही यी जातिका मानिसहरूले प्रयोग गर्ने थरहरू हुन्। भक्तपुरमा यो जाति शिल्पकार भनेर चिनिन्छ भने काठमाडौंमा स्थापित र साँखुमा श्रीखण्ड। त्यस्तै ललितपुरमा मच्छिन्द्रनाथको रथ बनाउने शिल्पी विशेष समूह बाराही थरले चिनिन्छ। स्थापित उराय समूह भित्र पर्छ । In the local Nepal Bhasa, this surname is known as “ Ka:mi ” or “ Sikami ” and represents the traditional artisan community renowned for their skills in creating and crafting various designs in wood. This group has made significant contributions to Nepal’s architecture, which is evident in the intricate woodwork adorni...