Skip to main content

Posts

Showing posts with the label Yekthariya

Khadgi

नाय्, खड्गी, शाही, कसाइ, न्याचा खड्गी   शब्द पशु वध तथा मासु बिक्री गर्ने पेशाबाट उत्पन्न भएको हो। प्राचीन समयमा यो जाति खड्ग वा तरबार चलाउने (सैन्य) जातिका रूपमा चिनिन्थ्यो।  खड्गी  जातिले आफूहरूलाई शाही ठकुरीका वंशज भएको दाबी गर्छन्।  नाय् , खड्गी, शाही, कसाइ (अपुष्ट), नाय्चा यी जातिले प्रयोग गर्ने थर हुन्।  नाय्  जातिको उत्पत्ति बारे दुई जनश्रुति रहेका छन्। काठमाडौं उपत्यकातर्फ आउँदै गर्दा हरि सिंह देव आफ्नो कुलदेवी तलेजुलाई समेत साथमा लिएर आएका थिए। यात्रा क्रममा उनको समूहलाई खानका लागि केही उपलब्ध भएन। त्यसपछि राजाले देवी तलेजुको आह्वान गरे। देवी तलेजु हरि सिंह देवको सपनामा प्रकट भइन् र भोलिपल्ट बिहान पहिलो देखिएको जनावर खान सक्ने आदेश दिइन्। बिहान पहिलो देखिएको जनावर जङ्गली राँगो (अर्ना) थियो। त्यसपछि उक्त राँगोलाई बलि दिनका लागि देवीको सामु ल्याइयो। र राजा सँगै आएका एक सेनाले राँगोको बध गरे र कालान्तरमा  नाय्  बनेको भनिन्छ। अर्को कथन अनुसार, जात विभाजन गर्दा राँगो काट्ने मानिसको खोजी भयो। त्यसको लागि राजाबाट भोलिका दिन बिहानै सूर्यको विपरीत...

Napit (नापित/नौ)

नापित/नौ नापित या  नौ ने वार समुदायका परम्परागत नाइँ र पेडिक्युरिस्ट हुन्। उनीहरू पानी नचल्ने भनिएका समूह बाहेकका सबै नेवारहरूको विभिन्न पूजा कर्म र जन्म देखि मृत्युसम्मका संस्कारहरूको लागि शुद्धीकरण गर्न कपाल र नङ काट्ने काम गर्छन्। उनीहरू परम्परागत फिजियोथेरापिस्टको रूपमा पनि कार्य गर्छन्। हात खुट्टा मर्केमा उपचार गर्ने र औषधीको लेपहरू लगाइ दिने काम गर्छन्। Napit/Nau Napit , or Nau in the Newar community, are traditional barber and pedicurists. They cut hair and nails to purify individuals for various rituals and ceremonies, from birth to death, for all Newars except those considered "impure" or "untouchable" by traditional beliefs . They also work as traditional physiotherapists, treating sprains and applying medicinal pastes for recovery. Female Nau Shaving hair for Bratabandha Ala, a red colored liquid  painted in fingers of legs

Nakarmi, Kau, Kami, Kaligagdh

 कौ, कलिगढ, कामी र नकर्मी स्थानीय भाषामा कौ भनिने यो थर कालिगढ, कामी (स्त्रिलिङ्गी) र नकर्मीको रूपमा पनि परिचित छन्। प्रा. माणिक लाल श्रेष्ठको कथन अनुसार कलिगतको अपभ्रंश शब्द कौ हो र मल्लकालमा पेसासँग सम्बन्धित जाति हुने प्रचलन पश्चात् फलाम (नेपाल भाषामा न अथवा भक्तपुरमा न्या) को काम गर्ने भएर न:कमि हुन गएको हो। कालिगढ जाति विभिन्न औजार र हात-हतियार बनाउन निपुण छन्।  नेवार समुदाय भित्रको नकर्मी जातिको इतिहास कलिगत संवतसँग सम्बन्धित रहेको छ भने, खस समुदायको कामि जातिको इतिहास सिन्धुघाटी सभ्यतासँग सम्बन्धित छ। तसर्थ नकर्मी र कामि जातिको इतिहास धेरै फरक छ। This surname, known locally as Kau, is also recognized as Kaligad, Kami (referring female), and Nakarmi.  According to Prof. Manik Lal Shrestha, the term Kau is derived from the corrupted form of the word Kaligat. During the Malla period, when caste distinctions were associated with professions, those who worked with iron (called Na in Nepal Bhasa or Nya in Bhaktapur) came to be known as Nakarmi. The Kaligadh caste is skil...

Chhipa, Chhipi, Ranjit, Ranjitkar

  छिपा, छिपी, रञ्जित, रञ्जितकार “रञ्जितकार” एक संस्कृत शब्द हो भने यस समुदायलाई नेपाल भाषामा “छिपा” वा “छिपी” भन्ने गर्दछ। त्यस्तै गरि रञ्जित, रञ्जितकार पनि भन्ने गरिन्छ । यस थरका मानिसहरूको मुख्य पेसा कपडामा रङ्ग रोगन गर्नु, बुट्टा भर्नु र सुकाउनु हो। यसरी कपडामा रङ्ग रोगन गर्ने कामलाई नेपाल भाषामा “छिगु” र सुकाउने कामलाई “पायगु” भनिन्छ। यसरी छिगु र पायगु बाटै छिपा थर रहन गएको थियो। यसरी छिपा शब्दलाई संस्कृतकरण गर्दा रङ्गमा जित हासिल गरेको भनेर रञ्जित भन्न थालियो । विभिन्न जडीबुटी, ओखरको बोक्रा, घाँसहरूको प्रयोग गरि विभिन्न रङ्ग बनाएर धागो र कपडा रङ्गाएका कारण छिपाहरूलाई रञ्जित र रञ्जितकार भन्ने गरियो । यहाँ “कार” शब्दको अर्थ विशेषज्ञ हुन। यी रञ्जितकारहरूले नै भक्तपुरमा मनाइने बिस्का जात्रामा उभ्याइने यसिंद्य:मा झुन्ड्याउने हलिपत बनाउने गर्दथ्यो। त्यस्तै यन्यापुन्ही (इन्द्रजात्रा) मा निकाल्ने लाखे आजुको चुन्दरी, ग्वयका, पासुका,आदि बनाउने पनि गर्थ्यो। त्यस्तै मल्लकालमा राजाको श्रीपेच बनाउने पनि रञ्जितकारहरूले नै बनाउने गर्थे। यस थरका मानिसहरूको लागी आफ्नो पेसागत काम गर्न ठूलो चौरको...