Skip to main content

Posts

मुनंकर्मी

मुनंकर्मी शब्द नेपाल भाषाका तीन शब्दहरू मिलेर बनेको हो। “मु” भन्नाले मुख्य, “नं” भन्नाले वश्त्र र कर्मी भन्नाले शिल्पी भन्ने जनाउँदछ।  तलेजु भवानीको लुगालाई मानंमुनं भन्ने गर्दछ भने तलेजु भवानीले लगाउने सारीलाई “ईहिँप्रासी” भनिन्छ। तसर्थ मानंमुनं र ईहिँप्रासीलाई मुख्य वश्त्रको रूपमा लिने गर्दछ। यसरी मुनं बनाएर तलेजु भवानीलाई चढाउनेहरूलाई नै मुनंकर्मी भन्ने गर्दछ। त्यस्तै मुनंकर्मीहरुले विवाहका लागि चाहिने दु फाङा, बेल विवाहको लागि चाहिने ईहिँप्रासी पनि बुन्ने गर्छन्। मुनंकर्मी, ई स. १३२४ मा गयासुद्दीन तुगलकले बङ्गाल विजय पश्चात् दिल्ली फर्किँदै गर्दा तिरहुतको राजधानी सिम्रौनगढमाथि आक्रमण गरी ध्वस्त पारे पछि राजा हरिसिंहदेव, रानी देवलदेवी, पुत्र कुमार जगजित सिंहदेव सँगै आएका थिए।

Mulmi

चौधौं शताब्दीमा "मुल्मी" भन्ने उपाधि प्रयोगमा आएको देखिन्छ, जुन "भारो" भन्दा उच्च पद थियो। सन् १३७७ मा तेजाराम भारोलाई मुल्मीमा बढुवा गरिएको भेटिन्छ। त्यसपछिको शताब्दीमा अधिकांश प्रमुख कुलीन परिवारहरूले यही उपाधि प्रयोग गरेका देखिन्छ। मुल्मी थर मल्लकालमा उच्च पद रहेकोले यस थर छथरिया श्रेष्ठ भित्र पर्ने अनुमान गर्न सकिन्छ, तर अध्येताहरूले पाँच थरिया श्रेष्ठ भित्र पर्ने भनि लेखेका छन्, जुन विवादास्पद देखिन्छ। The title 'Mulmi' appears to have come into use in the 14th century. It was a rank higher than 'Bharo'. In 1377 AD, Tejaram Bharo is found to have been promoted to the position of Mulmi. In the following century, most leading nobles held this title. Since the Mulmi clan held a high position during the Malla period, it can be assumed that this clan belonged to the Chathariya Shrestha group. However, some scholars have written that Mulmi falls under the Panchthariya Shrestha category, which appears to be a matter of controversy.

Bharo

भारो शब्द नेपाल मण्डलमा सर्व प्रथम एघारौं शताब्दीको सुरुतिर लिच्छवी कालमा प्रयोगमा आएको देखिन्छ। गा-सु भारोले भारो थर सन् १०२२ मा पहिलो पल्ट प्रयोग गरेको देखिन्छ। कुलीन व्यक्तिहरूलाई दिइने यो सबै भन्दा उच्च उपाधि थियो। "भारो" उपाधिलाई "भारोका" वा "भाल्लोका" पनि भनिन्थ्यो। भारो छथरिया श्रेष्ठ भित्र पर्दछ। The term ' Bharo ' appears to have first been used in the Nepal Mandala during the early 11th century, in the Licchavi period. Ga-Su Bharo seems to have used the 'Bharo' title for the first time in the year 1022 AD. This was the highest title conferred upon noble individuals. The title 'Bharo' was also referred to as 'Bharoka' or 'Bhalloka'. Bharo belongs to the Chathariya Shrestha group.

Kakshapati/Kakshapati

कक्षपति भन्ने शब्द दुईवटा शब्दबाट बनेको हो, "कक्ष" र "पति"। "कक्ष" भन्नाले कोठा जनाइन्छ, भने "पति" भन्नाले अधिकारी बुझिन्छ। लिच्छवि र मल्ल कालको समयमा, नेपाल मण्डलमा आउने विशिष्ट अतिथि, राजदूत, तथा अन्य सम्माननीय पाहुनाहरूको बसोबासको व्यवस्थापन सुनिश्चित गर्ने जिम्मेवारी लिने अधिकारीलाई "कक्षपति" वा "कछीपति" भनिन्थ्यो। कक्षपति पाँचथरिया श्रेष्ठ भित्र पर्दछ।

Tandukar Khusa

नेपाल भाषामा खुस भनेर चिनिने तण्डुकार थर डोला बोक्ने र खेतीसँग सम्बन्धित थर रहेको छ। संस्कृतमा ‘तण्डुल’ शब्दले चामललाई जनाउँछ। त्यस अर्थमा तण्डुलकारहरू चामल तथा धानसँग सम्बन्धित कार्यमा जानकार थिए। पछि ‘तण्डुलकार’ शब्द छोटिएर ‘तण्डुकार’ मात्र रहन गयो। बौद्ध धर्म नेपाल प्रवेश गर्दा सँगै धानको बीउ लिएर उपत्यका छिर्ने जाति तण्डुकार हुन्। यिनीहरूले नै धानको खेती शुरू गरेका थिए भनिन्छ।   खेती सँगसँगै यस जातिका मानिसहरू डोला बोक्ने काम गर्थे। राजा नरेन्द्र देवसँग कामाख्या पुगी मछिन्द्रनाथलाई बोकेर नेपाल मण्डल लिई आउने ललित ज्यापुका सन्तति मान्नुले डोला बोक्ने काम गर्थे भन्ने कुरा प्रष्ट हुन्छ।  तण्डुकारहरू कहीँ कतै चामल र धानका व्यापारी भएको उल्लेख पाइन्छ। सयको सामान किनेर छ सय (नेपाल भाषा: खुस) मा बेच्ने भएर खुस भनिएको कथन पनि रहेको छ। तर नेवार समुदाय भित्र व्यापारीहरू पाँच थरिया श्रेष्ठ भित्र पर्नु र तण्डुकार त्यस भित्र नपर्नुले तण्डुकार व्यापारी नभएको पुष्टि हुन्छ। बरु सयको सामान बोक्दा छ सय (खुस) भाडा लिने भएर खुस भनिएको कुरा प्रबल देखिन्छ। कुम्भेश्वरका तण्डुकारहरूले वर्तमा...

Newa/Newar

अंग्रेजी अध्येता H.A. Oaldfield ले सन् १८१८ आफ्नो Sketches of Nepal मा नेवार बौद्ध धर्मावलम्बी नेभार र नेभार भेरी थरका मानिस रहेको उल्लेख गरेका छन्। नेभार थरका मानिसहरू सुन तथा चाँदीका गरगहना बनाउने गर्थे भने  नेभार भेरीले कांस्य र फलामका देव-देवीका मूर्ति तथा खाना पकाउने भाँडा बनाउने गर्थे। हाल आएर यी थरहरू अस्तित्वमा नरहेकाले यीनै थरहरू अपभ्रंश भएर नेवा र नेवार थर भएको अनुमान लगाउन सकिन्छ।  The English scholar H.A. Oldfield, in his Sketches of Nepal published in 1818, mentioned the existence of Newar Buddhists belonging to the "Nebhar" and "Nebhar Bheri" clans. According to his account, individuals from the Nebhar clan specialized in crafting gold and silver ornaments, while those from the Nebhar Bheri clan were known for making bronze and iron idols of deities as well as cookware. Today, these specific clan names are no longer in use. It is therefore presumed that the modern surnames "Newa" and "Newar" may have evolved as linguistic corrupti...

Manandhar

आधिकारिक कागजातहरूमा "मानन्धर" वा "सायमी" लेख्ने यस जातिलाई नेपाल भाषामा भक्तपुरमा "समि" भनिन्छ भने काठमाडौं र पाटनतिर "सायमी" र कतै “साल्मी” भन्ने गरिन्छ। "समि" भन्ने शब्द नेपाल भाषाका दुई शब्दहरू "स:" र "मि" मिलेर बनेको हो। यहाँ "स:" को अर्थ तेल पेल्ने मेसिन (घानी) जनाउने हो भने "मि" भन्नाले मालिक वा धनी व्यक्ति भन्ने बुझिन्छ। यसर्थ, "सायमी" भन्नाले तेल पेल्ने मेसिनका मालिक भन्ने अर्थ लाग्दछ। मानन्धर जातिको परम्परागत मुख्य पेशा तेल पेल्ने हो। यिनीहरूले तोरीको तेलसहित ३२ प्रकारका खाने तेलहरू उत्पादन गर्ने गर्थे, यद्यपि तोरीको तेल नै प्रमुख रहँदै आएको छ। यस पेशासँग जोडिएको सांस्कृतिक भूमिका पनि महत्वपूर्ण छ। उदाहरणका लागि, भक्तपुरमा मनाइने प्रसिद्ध इन्द्र जात्रामा मानन्धर समुदायका व्यक्तिहरूले या:मता नामक परम्परागत दियो ल्याउने चलन रहेको छ। त्यसैगरी, बिस्का जात्राको अवसरमा तानिने भैरवनाथको रथको अघिल्लो भागमा राखिने "बेतद्य:" पनि मानन्धरहरूले नै बोकेर ल्याउने परम्परा छ। श्रोत: G...

Dangol

ज्यापू समूह अन्तर्गत पर्ने 'डङ्गोल' नेवार समुदायको एक परम्परागत कृषि पेशामा आधारित उप-समूह हो। डङ्गोलहरू प्रायः काठमाडौं र ललितपुर क्षेत्रमा बसोबास गर्छन्। किराँत कालदेखि नै नेपाल मण्डल क्षेत्रमा बसोबास गर्दै आएको विश्वास गरिएको यस थरका मानिसहरू जमिनको नाप जाँच र हिसाबकिताबमा परम्परागत रूपमा निपुण मानिन्छन्।

Suwal

ज्यापू समूह भित्र पर्ने सुवाल हरूलाई स्थानीय भाषामा " सुव: " भन्ने गरिन्छ । सुव: को अर्थ आशीर्वाद हो भने अन्य अर्थमा सुव: अर्थात् सुवा: भन्नाले स्वाद हो। स्वादिलो खाना पकाउने भएर यिनीहरूलाई सुवा: हुँदै सुवाल भनिएको हो। यी थरका मानिसहरूले तलेजु भवानीलाई हरेक बिहानी खाना पकाएर भोग चढाउने गर्छन्। बिहान सबेरै काग नउठेको बेला उठेर नुहाई शुद्ध भएर, पानी ल्याई भान्छामा रातो माटोले लिपेर, खाना पकाउने गर्दछ। यसरी पकाएको खानाको एक भोग तलेजु भवानीलाई चढाएपछि विभिन्न स्थानमा रहेको देव देवीहरूलाई जस्तै गोल्डेन गेट भित्रको भैरव, टौमढीको सांभुङ्ग भैरव, भोलाछेंको कमला माई अर्थात् पृथ्वी माता आदिमा पनि चढाउनु पर्दछ। यसरी खाना पकाउने भएर यिनीहरूलाई एक हिसाबले भान्से भन्न सक्छौ। यिनीहरू तलेजु भवानीका साथ प्रत्यक्ष सम्बन्ध भएका कारण यी थरका मानिसहरू पनि तलेजु भवानीका साथ उपत्यका प्रवेश गरेका भन्न सकिन्छ। सुवाल थरका मानिसहरू स्थानीय भोज-भतेरमा विभिन्न परिकारहरू पनि पकाउने गर्छन्। सुवाल थरका मानिसहरू स्थानीय भोज-भतेरमा विभिन्न परिकारहरू पनि पकाउने गर्छन्। स्थानीय रूपमा सुवालहरू भैल, घोंजु, हन्जु, ...

Twayana

त्वायना  शब्द "त्वलनायक" शब्दबाट “ त्व:नाय:" (टोलको नाइके) हुँदै अपभ्रंश भएर बनेको शब्द हो। त्वलनायक एक मल्लकालिन पद हो, जसको अर्थ टोलको नाइके हो । सन १४२७ मा राजा यक्ष मल्लद्वारा ५५ झ्याले दरबारको जग शिलान्यास गरेको थियो। यक्ष मल्लको मृत्यु पश्चात् छोरा छोरीहरूमा राज्य विभाजन तथा एकले अरूलाई आक्रमण गर्ने काम मै समय व्यतीत भयो। जसले गर्दा ५५ झ्याले दरबारको निर्माण कार्यले पूर्णता पाउन सकेन। पछि जितामित्र मल्लको पालामा पुन: यस कार्यले निरन्तरता पायो, तर उनको पालामा पनि यो कार्यले पूर्णता पाउन सकेन। जितामित्र मल्लको मृत्यु पश्चात् उनका छोरा भूपतिन्द्र मल्ल भक्तपुरका राजा भए पछि उक्त कार्यले पूर्णता पायो। यसरी दरबार निर्माण गर्दा जनतालाई खबर गर्ने , एक ठाउँमा जम्मा गर्ने , कामको बाँडफाँट मिलाउने काम गरे बापत नाइके भनेर पद दिएका थिए। टोल टोलमा खबर दिनु पर्ने भएकोले तत्कालीन भक्तपुरका २४ वटै टोलमा नाइकेहरू थिए। तसर्थ भक्तपुरका हरेक टोलमा आज पनि त्वायनाहरू छन्। जनश्रुति अनुसार राजा भूपतिन्द्र मल्लका रानीहरू मध्ये एक रानी त्वलनाईकेका चेली थिए । यसै कारण पनि त्वायनाहरुलाई उक्त प...