खेँधौमाकु नेवार समुदायमा रहेका विभिन्न थरहरु मध्य खेँधौमाकु पनि एक हो । खेँधौमाकु शब्द “खेँ”, “धौ” र “माकु” तीन शब्दहरु मिलेर बनेको हो जसको अर्थ अण्डा र दहि जस्तै मीठो भन्ने अर्थ लाग्दछ। जसरी अण्डा र दही खान्दा मीठो (माकुसे) हुन्छ त्यसरी नै सम्भवतः यो थरका मानिसहरू निकै सोझो र बफादार भएको कारण यिनीहरूलाई खेँधौमाकु भनिएको हो। भक्तपुरको ईताछेँ टोलमा जम्मा २ घर मात्र रहेको यस थरका मानिसहरू बाहिरी जिल्ला गए लगत्तै श्रेष्ठ थरको प्रयोग गर्न थालेका छ। मानव गोत्र रहेका यस थरका मानिसहरूका केही परिवारहरू हाल चापागाउँमा बसोबास गर्दै आएका छन्। गोत्रकै आधारमा भन्नू पर्दा यी जातीका मानिसहरू पनि ६ थरिया अन्तर्गत रहेको र मल्लकालमा दरबारसँग सम्बन्ध रहेको अनुमान लगाउन सक्छौं । वर्षको एक दिन कुलदेवताको पूजाका निम्ति चापागाउँ र भक्तपुरबाट भक्तपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा भेला भइ भव्य पूजाआजा गर्ने गर्दछ। Source: GR Ranjit Among the various surnames in the Newar community, Khendhaumaku is one of them. The term “ Khendhaumaku ” is derived from three words: “Khen”, “Dhau”, and “Maku”, which...
This is the page dedicated to explore the Surname (Thars) of the Newa Community.