नेपाल भाषामा खुस भनेर चिनिने तण्डुकार थर डोला बोक्ने र खेतीसँग सम्बन्धित थर रहेको छ। संस्कृतमा ‘तण्डुल’ शब्दले चामललाई जनाउँछ। त्यस अर्थमा तण्डुलकारहरू चामल तथा धानसँग सम्बन्धित कार्यमा जानकार थिए। पछि ‘तण्डुलकार’ शब्द छोटिएर ‘तण्डुकार’ मात्र रहन गयो। बौद्ध धर्म नेपाल प्रवेश गर्दा सँगै धानको बीउ लिएर उपत्यका छिर्ने जाति तण्डुकार हुन्। यिनीहरूले नै धानको खेती शुरू गरेका थिए भनिन्छ। खेती सँगसँगै यस जातिका मानिसहरू डोला बोक्ने काम गर्थे। राजा नरेन्द्र देवसँग कामाख्या पुगी मछिन्द्रनाथलाई बोकेर नेपाल मण्डल लिई आउने ललित ज्यापुका सन्तति मान्नुले डोला बोक्ने काम गर्थे भन्ने कुरा प्रष्ट हुन्छ। तण्डुकारहरू कहीँ कतै चामल र धानका व्यापारी भएको उल्लेख पाइन्छ। सयको सामान किनेर छ सय (नेपाल भाषा: खुस) मा बेच्ने भएर खुस भनिएको कथन पनि रहेको छ। तर नेवार समुदाय भित्र व्यापारीहरू पाँच थरिया श्रेष्ठ भित्र पर्नु र तण्डुकार त्यस भित्र नपर्नुले तण्डुकार व्यापारी नभएको पुष्टि हुन्छ। बरु सयको सामान बोक्दा छ सय (खुस) भाडा लिने भएर खुस भनिएको कुरा प्रबल देखिन्छ। कुम्भेश्वरका तण्डुकारहरूले वर्तमा...
This is the page dedicated to explore the Surname (Thars) of the Newa Community.