Skip to main content

Posts

Showing posts from 2025

मुनंकर्मी

मुनंकर्मी शब्द नेपाल भाषाका तीन शब्दहरू मिलेर बनेको हो। “मु” भन्नाले मुख्य, “नं” भन्नाले वश्त्र र कर्मी भन्नाले शिल्पी भन्ने जनाउँदछ।  तलेजु भवानीको लुगालाई मानंमुनं भन्ने गर्दछ भने तलेजु भवानीले लगाउने सारीलाई “ईहिँप्रासी” भनिन्छ। तसर्थ मानंमुनं र ईहिँप्रासीलाई मुख्य वश्त्रको रूपमा लिने गर्दछ। यसरी मुनं बनाएर तलेजु भवानीलाई चढाउनेहरूलाई नै मुनंकर्मी भन्ने गर्दछ। त्यस्तै मुनंकर्मीहरुले विवाहका लागि चाहिने दु फाङा, बेल विवाहको लागि चाहिने ईहिँप्रासी पनि बुन्ने गर्छन्। मुनंकर्मी, ई स. १३२४ मा गयासुद्दीन तुगलकले बङ्गाल विजय पश्चात् दिल्ली फर्किँदै गर्दा तिरहुतको राजधानी सिम्रौनगढमाथि आक्रमण गरी ध्वस्त पारे पछि राजा हरिसिंहदेव, रानी देवलदेवी, पुत्र कुमार जगजित सिंहदेव सँगै आएका थिए।

Mulmi

चौधौं शताब्दीमा "मुल्मी" भन्ने उपाधि प्रयोगमा आएको देखिन्छ, जुन "भारो" भन्दा उच्च पद थियो। सन् १३७७ मा तेजाराम भारोलाई मुल्मीमा बढुवा गरिएको भेटिन्छ। त्यसपछिको शताब्दीमा अधिकांश प्रमुख कुलीन परिवारहरूले यही उपाधि प्रयोग गरेका देखिन्छ। मुल्मी थर मल्लकालमा उच्च पद रहेकोले यस थर छथरिया श्रेष्ठ भित्र पर्ने अनुमान गर्न सकिन्छ, तर अध्येताहरूले पाँच थरिया श्रेष्ठ भित्र पर्ने भनि लेखेका छन्, जुन विवादास्पद देखिन्छ। The title 'Mulmi' appears to have come into use in the 14th century. It was a rank higher than 'Bharo'. In 1377 AD, Tejaram Bharo is found to have been promoted to the position of Mulmi. In the following century, most leading nobles held this title. Since the Mulmi clan held a high position during the Malla period, it can be assumed that this clan belonged to the Chathariya Shrestha group. However, some scholars have written that Mulmi falls under the Panchthariya Shrestha category, which appears to be a matter of controversy.

Bharo

भारो शब्द नेपाल मण्डलमा सर्व प्रथम एघारौं शताब्दीको सुरुतिर लिच्छवी कालमा प्रयोगमा आएको देखिन्छ। गा-सु भारोले भारो थर सन् १०२२ मा पहिलो पल्ट प्रयोग गरेको देखिन्छ। कुलीन व्यक्तिहरूलाई दिइने यो सबै भन्दा उच्च उपाधि थियो। "भारो" उपाधिलाई "भारोका" वा "भाल्लोका" पनि भनिन्थ्यो। भारो छथरिया श्रेष्ठ भित्र पर्दछ। The term ' Bharo ' appears to have first been used in the Nepal Mandala during the early 11th century, in the Licchavi period. Ga-Su Bharo seems to have used the 'Bharo' title for the first time in the year 1022 AD. This was the highest title conferred upon noble individuals. The title 'Bharo' was also referred to as 'Bharoka' or 'Bhalloka'. Bharo belongs to the Chathariya Shrestha group.

Kakshapati/Kakshapati

कक्षपति भन्ने शब्द दुईवटा शब्दबाट बनेको हो, "कक्ष" र "पति"। "कक्ष" भन्नाले कोठा जनाइन्छ, भने "पति" भन्नाले अधिकारी बुझिन्छ। लिच्छवि र मल्ल कालको समयमा, नेपाल मण्डलमा आउने विशिष्ट अतिथि, राजदूत, तथा अन्य सम्माननीय पाहुनाहरूको बसोबासको व्यवस्थापन सुनिश्चित गर्ने जिम्मेवारी लिने अधिकारीलाई "कक्षपति" वा "कछीपति" भनिन्थ्यो। कक्षपति पाँचथरिया श्रेष्ठ भित्र पर्दछ।

Tandukar Khusa

नेपाल भाषामा खुस भनेर चिनिने तण्डुकार थर डोला बोक्ने र खेतीसँग सम्बन्धित थर रहेको छ। संस्कृतमा ‘तण्डुल’ शब्दले चामललाई जनाउँछ। त्यस अर्थमा तण्डुलकारहरू चामल तथा धानसँग सम्बन्धित कार्यमा जानकार थिए। पछि ‘तण्डुलकार’ शब्द छोटिएर ‘तण्डुकार’ मात्र रहन गयो। बौद्ध धर्म नेपाल प्रवेश गर्दा सँगै धानको बीउ लिएर उपत्यका छिर्ने जाति तण्डुकार हुन्। यिनीहरूले नै धानको खेती शुरू गरेका थिए भनिन्छ।   खेती सँगसँगै यस जातिका मानिसहरू डोला बोक्ने काम गर्थे। राजा नरेन्द्र देवसँग कामाख्या पुगी मछिन्द्रनाथलाई बोकेर नेपाल मण्डल लिई आउने ललित ज्यापुका सन्तति मान्नुले डोला बोक्ने काम गर्थे भन्ने कुरा प्रष्ट हुन्छ।  तण्डुकारहरू कहीँ कतै चामल र धानका व्यापारी भएको उल्लेख पाइन्छ। सयको सामान किनेर छ सय (नेपाल भाषा: खुस) मा बेच्ने भएर खुस भनिएको कथन पनि रहेको छ। तर नेवार समुदाय भित्र व्यापारीहरू पाँच थरिया श्रेष्ठ भित्र पर्नु र तण्डुकार त्यस भित्र नपर्नुले तण्डुकार व्यापारी नभएको पुष्टि हुन्छ। बरु सयको सामान बोक्दा छ सय (खुस) भाडा लिने भएर खुस भनिएको कुरा प्रबल देखिन्छ। कुम्भेश्वरका तण्डुकारहरूले वर्तमा...

Newa/Newar

अंग्रेजी अध्येता H.A. Oaldfield ले सन् १८१८ आफ्नो Sketches of Nepal मा नेवार बौद्ध धर्मावलम्बी नेभार र नेभार भेरी थरका मानिस रहेको उल्लेख गरेका छन्। नेभार थरका मानिसहरू सुन तथा चाँदीका गरगहना बनाउने गर्थे भने  नेभार भेरीले कांस्य र फलामका देव-देवीका मूर्ति तथा खाना पकाउने भाँडा बनाउने गर्थे। हाल आएर यी थरहरू अस्तित्वमा नरहेकाले यीनै थरहरू अपभ्रंश भएर नेवा र नेवार थर भएको अनुमान लगाउन सकिन्छ।  The English scholar H.A. Oldfield, in his Sketches of Nepal published in 1818, mentioned the existence of Newar Buddhists belonging to the "Nebhar" and "Nebhar Bheri" clans. According to his account, individuals from the Nebhar clan specialized in crafting gold and silver ornaments, while those from the Nebhar Bheri clan were known for making bronze and iron idols of deities as well as cookware. Today, these specific clan names are no longer in use. It is therefore presumed that the modern surnames "Newa" and "Newar" may have evolved as linguistic corrupti...

Manandhar

आधिकारिक कागजातहरूमा "मानन्धर" वा "सायमी" लेख्ने यस जातिलाई नेपाल भाषामा भक्तपुरमा "समि" भनिन्छ भने काठमाडौं र पाटनतिर "सायमी" र कतै “साल्मी” भन्ने गरिन्छ। "समि" भन्ने शब्द नेपाल भाषाका दुई शब्दहरू "स:" र "मि" मिलेर बनेको हो। यहाँ "स:" को अर्थ तेल पेल्ने मेसिन (घानी) जनाउने हो भने "मि" भन्नाले मालिक वा धनी व्यक्ति भन्ने बुझिन्छ। यसर्थ, "सायमी" भन्नाले तेल पेल्ने मेसिनका मालिक भन्ने अर्थ लाग्दछ। मानन्धर जातिको परम्परागत मुख्य पेशा तेल पेल्ने हो। यिनीहरूले तोरीको तेलसहित ३२ प्रकारका खाने तेलहरू उत्पादन गर्ने गर्थे, यद्यपि तोरीको तेल नै प्रमुख रहँदै आएको छ। यस पेशासँग जोडिएको सांस्कृतिक भूमिका पनि महत्वपूर्ण छ। उदाहरणका लागि, भक्तपुरमा मनाइने प्रसिद्ध इन्द्र जात्रामा मानन्धर समुदायका व्यक्तिहरूले या:मता नामक परम्परागत दियो ल्याउने चलन रहेको छ। त्यसैगरी, बिस्का जात्राको अवसरमा तानिने भैरवनाथको रथको अघिल्लो भागमा राखिने "बेतद्य:" पनि मानन्धरहरूले नै बोकेर ल्याउने परम्परा छ। श्रोत: G...

Dangol

ज्यापू समूह अन्तर्गत पर्ने 'डङ्गोल' नेवार समुदायको एक परम्परागत कृषि पेशामा आधारित उप-समूह हो। डङ्गोलहरू प्रायः काठमाडौं र ललितपुर क्षेत्रमा बसोबास गर्छन्। किराँत कालदेखि नै नेपाल मण्डल क्षेत्रमा बसोबास गर्दै आएको विश्वास गरिएको यस थरका मानिसहरू जमिनको नाप जाँच र हिसाबकिताबमा परम्परागत रूपमा निपुण मानिन्छन्।

Suwal

ज्यापू समूह भित्र पर्ने सुवाल हरूलाई स्थानीय भाषामा " सुव: " भन्ने गरिन्छ । सुव: को अर्थ आशीर्वाद हो भने अन्य अर्थमा सुव: अर्थात् सुवा: भन्नाले स्वाद हो। स्वादिलो खाना पकाउने भएर यिनीहरूलाई सुवा: हुँदै सुवाल भनिएको हो। यी थरका मानिसहरूले तलेजु भवानीलाई हरेक बिहानी खाना पकाएर भोग चढाउने गर्छन्। बिहान सबेरै काग नउठेको बेला उठेर नुहाई शुद्ध भएर, पानी ल्याई भान्छामा रातो माटोले लिपेर, खाना पकाउने गर्दछ। यसरी पकाएको खानाको एक भोग तलेजु भवानीलाई चढाएपछि विभिन्न स्थानमा रहेको देव देवीहरूलाई जस्तै गोल्डेन गेट भित्रको भैरव, टौमढीको सांभुङ्ग भैरव, भोलाछेंको कमला माई अर्थात् पृथ्वी माता आदिमा पनि चढाउनु पर्दछ। यसरी खाना पकाउने भएर यिनीहरूलाई एक हिसाबले भान्से भन्न सक्छौ। यिनीहरू तलेजु भवानीका साथ प्रत्यक्ष सम्बन्ध भएका कारण यी थरका मानिसहरू पनि तलेजु भवानीका साथ उपत्यका प्रवेश गरेका भन्न सकिन्छ। सुवाल थरका मानिसहरू स्थानीय भोज-भतेरमा विभिन्न परिकारहरू पनि पकाउने गर्छन्। सुवाल थरका मानिसहरू स्थानीय भोज-भतेरमा विभिन्न परिकारहरू पनि पकाउने गर्छन्। स्थानीय रूपमा सुवालहरू भैल, घोंजु, हन्जु, ...

Twayana

त्वायना  शब्द "त्वलनायक" शब्दबाट “ त्व:नाय:" (टोलको नाइके) हुँदै अपभ्रंश भएर बनेको शब्द हो। त्वलनायक एक मल्लकालिन पद हो, जसको अर्थ टोलको नाइके हो । सन १४२७ मा राजा यक्ष मल्लद्वारा ५५ झ्याले दरबारको जग शिलान्यास गरेको थियो। यक्ष मल्लको मृत्यु पश्चात् छोरा छोरीहरूमा राज्य विभाजन तथा एकले अरूलाई आक्रमण गर्ने काम मै समय व्यतीत भयो। जसले गर्दा ५५ झ्याले दरबारको निर्माण कार्यले पूर्णता पाउन सकेन। पछि जितामित्र मल्लको पालामा पुन: यस कार्यले निरन्तरता पायो, तर उनको पालामा पनि यो कार्यले पूर्णता पाउन सकेन। जितामित्र मल्लको मृत्यु पश्चात् उनका छोरा भूपतिन्द्र मल्ल भक्तपुरका राजा भए पछि उक्त कार्यले पूर्णता पायो। यसरी दरबार निर्माण गर्दा जनतालाई खबर गर्ने , एक ठाउँमा जम्मा गर्ने , कामको बाँडफाँट मिलाउने काम गरे बापत नाइके भनेर पद दिएका थिए। टोल टोलमा खबर दिनु पर्ने भएकोले तत्कालीन भक्तपुरका २४ वटै टोलमा नाइकेहरू थिए। तसर्थ भक्तपुरका हरेक टोलमा आज पनि त्वायनाहरू छन्। जनश्रुति अनुसार राजा भूपतिन्द्र मल्लका रानीहरू मध्ये एक रानी त्वलनाईकेका चेली थिए । यसै कारण पनि त्वायनाहरुलाई उक्त प...

Desar/Deshar

 ख्वप नायक अर्थात् भक्तपुरका नेता भनि प्रख्यात देसार थरका नेवार ललितपुरको चापागाउँका मुख्य बासिन्दा मानिन्छन्। तर चापागाउँका अलावा थैव, मच्छेगाउँ, थानकोट लगायत स्थानहरूमा पनि रहेका छन्।  चापागाउँ चौकोट निवासी बासुदेव देसारका अनुसार यस जाति शुरुमा भक्तपुरे मल्ल वंशका सन्तान थिए। मल्ल राजाका मठ्याहा भित्रिनी पट्टिका एक छोराको जन्म हुन गयो। भक्तपुरमा नै राखी छोडे विवाहित रानीका तर्फबाट भएका सन्तानले राज्य नपाउने र ज्योतिषलाई देखाउँदा मठ्याहा पट्टिका छोरा मूलमा परेको भनी निर्क्योल दिएपछि बच्चालाई वज्रवाराहीको जङ्गलमा फ्याँक्न ल्याएछन्। भक्तपुरे मल्ल राजाले मठ्याहा पट्टिका भएपनि सो राजकुमारको रेखदेख गर्न आठ जात च्यामे, पोडे, खड्गी, श्रेष्ठ, कर्माचार्य, कुश्ले, कारञ्‍जित र जोशीलाई चापागाउँ लागिएको बताइन्छ। ती भक्तपुरे राजकुमारलाई देशवाल (देशका रक्षक) भनियो। सोही देशवाल अपभ्रंश भइ कालान्तरमा देसार हुन गएको हो। देसारलाई ख्वपनाय: भनी सम्बोधन गर्ने परम्परा कायम रहेको छ।

Chhwasakoso Nayabhari/Nayabha

छ्वसकोस नायभारी/नायाभा  नेवार समुदायमा थरहरू विभिन्न आधारमा विकास भएका पाइन्छन्—कसैको थर पुरानो थलो अनुसार, कसैको उपनाम अनुसार, भने कसैको घरको बनावट वा विशेषताअनुसार रहेको छ। त्यसैगरी, छ्वसकोस थर पनि घरको प्रकृतिसँग सम्बन्धित थर हो। 'छ्वस' भन्नाले नेवार समुदाय बसोबास गर्ने टोलहरूमा पाइने दोबाटो नजिकको त्यस्तो स्थानलाई जनाउँछ, जहाँ सबै अशुभ वस्तुहरू लगेर फ्याल्ने चलन रहि आएको छ। यस्तै एउटा छ्वसको नजिक एक राजभण्डारीले आफ्नो घर निर्माण गरे, जसको मोहडा सो छ्वस तिर फर्किएको (नेपाल भाषामा कोसो) थियो। यसरी छ्वस तिर फर्केको घरका कारण उनलाई र उनका परिवारलाई 'छ्वसकोस' उपनामले चिनिन थालियो। समयक्रममा यही उपनाम विस्तार हुँदै थरको रूपमा स्थापित भयो। हाल छ्वसकोस थरका व्यक्तिहरूले आधिकारिक कागजातहरूमा नायभारी वा नायाभा थर प्रयोग गर्ने गर्छन्। 'छ्वसकोस', 'नायभारी', र 'नायाभा' थरहरू मूलतः राजभण्डारी थरका स्थानीय रूपहरू हुन्।

Rajbhandari, Bhari, Bhani, Bhadel, Talchabhadel, Talchabhandari, Talchabhari, Bhariju, Dhaubhadel/Dhaubadel, Dhaubhari, Dyoubhari, Nayabhari/Nayabha/Chosokoso, Changubhari

राजभण्डारी, भारी, भनी, भडेल, तल्चाभडेल, ताल्चाभण्डारी, तल्चाभारी, भारिजु, धौभडेल, धौवडेल, धौभारि, द्यौभारि, नायभारी/नायाभा/ छ्वस कोस,चाँगुभारी भारी भन्नाले नेपाल भाषामा कोष या चल सम्पत्तिको रक्षा गर्ने वा सुरक्षा प्रदान गर्ने व्यक्ती बुझिन्छ। त्यसैको संस्कृत शब्द भण्डारी हो। भारी / राजभण्डारी छथरिया श्रेष्ठ भित्र पर्दछ। राजा जयस्थिति मल्लले धन-सम्पत्तिको हेरचाह गर्न कोषाध्यक्षहरू नियुक्त गरेका थिए, जसलाई “ भण्डारी ” उपाधि दिइएको थियो। समयसँगै भण्डारी शब्द राजभण्डारीले प्रतिस्थापन भयो। १७औँ शताब्दीसम्म आइ पुग्दा , राजभण्डारी मल्ल दरबारका दरबारी र सैनिक प्रमुखको रूपमा सेवा गर्ने प्रमुख कुलमध्ये एक बने। यस्तै , राजभण्डारीहरू पशुपतिनाथ मन्दिर, चाँगुनारायण जस्ता केही प्रमुख मन्दिरहरूका गैर वैदिक सहायक पूजारी तथा मुख्य संरक्षकका रूपमा पनि रहेका छन्। राजभण्डारीहरू सूर्यवंश र अग्निवंश राजपूत राजाहरूका सन्तान मानिन्छन् , जो मल्ल कालमा काठमाडौं उपत्यकामा बसोबास गर्न आएका थिए। उनीहरूलाई “ ब्रह्मपुत्र क्षत्रिय ” (ब्रह्मपुत्र क्षत्री) मानिन्छ , जसले जनै लगाउनुपर्ने परम्परा छ। भनी , भारी , भारिज...

Yogal (योगल)

योगल यँगा हिति: धुलिखेलको बहुसंख्यक नेवा: उपजाति यगोलको पुर्खौली थलो हो। ने.स. ७९० अघि आदि पुर्खा गुणकर सिं यँगाबाट धुलिखेल प्रस्थान भई छ भाई सन्तानबाट धुलिखेल र अन्य स्थानमा फैलिए। राजा प्रताप मल्लद्वारा बनेपा सात गाउँ कब्जा गरे लगत्तै धुलिखेलको प्रशासनिक जिम्मा लगाई गुणकर सिंलाई पठाएको हुनुपर्ने ठम्याई छ।  यंगालको 'सिंह' खलक कालान्तरमा अपभ्रंश हुँदै 'योगल' नामक स्थान विशेष थरको रूपमा रहन गएको भनाइ पाइन्छ। योगल त्यति बेलाको प्रशासनिक प्रमुख रहेको उल्लेखबाट उनलाई छथरिया श्रेष्ठ मान्न सकिन्छ। साथै, 'सिंह' थर सामान्यतः कायस्थ जातिले प्रयोग गर्ने भएकाले योगल थर पनि कायस्थ जातिको उपथर भएको अनुमान गर्न सकिन्छ। Yogal Yanga Hiti: is the ancestral homeland of the majority Newar subgroup known as Yogol of  Dhulikhel . Prior to Nepal Sambat 790, the Gunakar Singh is believed to have migrated from Yanga to Dhulikhel. From his six sons, the family lineage spread throughout Dhulikhel and other areas. It is assumed that shortly after King Pratap Malla took control over the se...

Rajthala

नेवा सभ्यता तान्त्रिक जगमा बसेको हुँदा रक्सी र छ्याङ्ग जस्ता मद्य पदार्थ शक्ति पूजनको लागि अत्यावश्यक रहेको छ। रक्सी र छ्याङ्ग बनाउन चाहिने एक महत्वपूर्ण सामान मोर्चा (नेपाल भाषा: मना अथवा मनापू) रहेको छ। नेवा समुदायमा राजथला जाति यस्तो मोर्चा बनाउने र काठमाडौं उपत्यका साथै वरपर धान, गहुँ, मकै, तरकारीसँग साट्ने गर्दथे। राजथला जातिको मुख्य बसोबास ललितपुरको लुभुमा रहेको छ। Since Newa civilization is rooted in the Tantric tradition, alcoholic beverages like raksi and chhyang are essential for power-worship rituals. A crucial ingredient for making raksi and chhyang is morcha (Nepal Bhasa: mana or manapu). In the Newa community, the Rajthala group specialized in making this morcha and used to barter it for rice, wheat, maize, and vegetables in and around Kathmandu Valley. The primary settlement of the Rajthala people is in Lubhu, Lalitpur.

Sayaju/Sainju

सैँजू/साँयजू  राजनीतिमा राम्रै जग बसाइ सकेका केही कायस्थ भारदार भइ सेनापति भए। भोटलाई नेवारी भाषामा साँय देश भनिन्छ। भोटसँगको पटक पटकको युद्धमा जित हासिल गरेका भारदार कस (कायस्थ) लाई, जितेको खुसीयालीमा मल्ल राजाले साँय (भोटको राजा) पदवी दिएका थिए।  पदवी पाएका कायस्थले आफ्नो नाम पछाडि साँयजू लेख्न थाले। हाल ती साँयजूहरूले आफुलाई सैंजू भन्छन्। Sainju/Sayaju Some Kayastha courtiers, who had already established a strong foothold in politics, became generals. In the Newar language, Tibet is called Sānya deśa. A Kayastha courtier (Kāsa) who had achieved victory in repeated wars against Tibet was granted the title of Sānya (King of Tibet) by the Malla king as a token of celebration. Those who received this title started writing Sānyajū after their names. Today, their descendants refer to themselves as Sainjū.

Kayastha

कस, कसजु, कायस्थ, भुजु, फैजु, सैंजु स्थानीय नेपाल भाषामा कस, कसजु भनेर चिनिने कायस्थ लिच्छवि काल देखि नै नेवा समुदायमा सामेल भएको देखिन्छ। त्यस्तै, कायस्थको अर्को समूह सिमरौनगढबाट भागेर रानी देवलदेवी र छोरा जगतसिंह देवसँगै नेपाल मण्डल आएको इतिहास रहेको छ। लिच्छवी काल (नेपाल सम्बत २६०) मा सिंह थर प्रयोग गर्ने कायस्थ जातिले नेपाल सम्बत ६३९ आई पुग्दा कस थर प्रयोग गरेको देखिन्छ। कसजू शब्द दुई शब्द 'कस' र 'जू' मिलेर बनेको हो। 'कस' भन्नाले लेखक हो भने 'जू' आदरार्थी शब्द हो। कायस्थहरूले विभिन्न राजाहरूको दरबारमा मन्त्री, सल्लाहकार वा सर्वोच्च सरकारी पदहरू रहेर सेवा गरेको देखिन्छ। कायस्थहरूको जीविकोपार्जनको माध्यम नै लेखनी हो। शिक्षित वर्गको नाताले उनीहरूले दरबारी लिखितको साथसाथै विभिन्न ग्रन्थ, ठ्यासफू लिपिबद्ध गर्ने काम गरे।  केही कायस्थहरू राजनीतिमा समेत प्रवेश गरे जसले तत्कालीन नेपाल मण्डलको राजनैतिक इतिहास समेत प्रभावित भयो। राजनीतिमा प्रवेश गर्ने पहिलो व्यक्ति कस्त (कायस्थ) भारो हो। उनी ने.सं. ४४६ मा राजनीतिमा प्रवेश गरेको देखिएको छ। मल्ल कालमा राजालाई परा...

Khadgi

नाय्, खड्गी, शाही, कसाइ, न्याचा खड्गी   शब्द पशु वध तथा मासु बिक्री गर्ने पेशाबाट उत्पन्न भएको हो। प्राचीन समयमा यो जाति खड्ग वा तरबार चलाउने (सैन्य) जातिका रूपमा चिनिन्थ्यो।  खड्गी  जातिले आफूहरूलाई शाही ठकुरीका वंशज भएको दाबी गर्छन्।  नाय् , खड्गी, शाही, कसाइ (अपुष्ट), नाय्चा यी जातिले प्रयोग गर्ने थर हुन्।  नाय्  जातिको उत्पत्ति बारे दुई जनश्रुति रहेका छन्। काठमाडौं उपत्यकातर्फ आउँदै गर्दा हरि सिंह देव आफ्नो कुलदेवी तलेजुलाई समेत साथमा लिएर आएका थिए। यात्रा क्रममा उनको समूहलाई खानका लागि केही उपलब्ध भएन। त्यसपछि राजाले देवी तलेजुको आह्वान गरे। देवी तलेजु हरि सिंह देवको सपनामा प्रकट भइन् र भोलिपल्ट बिहान पहिलो देखिएको जनावर खान सक्ने आदेश दिइन्। बिहान पहिलो देखिएको जनावर जङ्गली राँगो (अर्ना) थियो। त्यसपछि उक्त राँगोलाई बलि दिनका लागि देवीको सामु ल्याइयो। र राजा सँगै आएका एक सेनाले राँगोको बध गरे र कालान्तरमा  नाय्  बनेको भनिन्छ। अर्को कथन अनुसार, जात विभाजन गर्दा राँगो काट्ने मानिसको खोजी भयो। त्यसको लागि राजाबाट भोलिका दिन बिहानै सूर्यको विपरीत...

Yami

यमी   सामान्य तया नेवार समुदायमा काठमाडौं बासी नेवारहरूलाई यमी भनिन्छ ।  तर पूर्व राज्य मन्त्री, स्वतन्त्रता सेनानी, समाज सुधारक तथा लेखक धर्म रत्न तुलाधरले  यमी  उपमा प्रयोग गरे, जसका कारण उनका सन्तति (हिसिला यमी)ले पनि यमी थर प्रयोग गरे । तसर्थ यमी तुलाधर को उपथरको रूपमा लिन सकिन्छ। https://en.wikipedia.org/wiki/Tuladhar#:~:text=According%20to%20the%20division%20of,between%20Nepal%2C%20India%20and%20Tibet. Yami   Generally, in the Newar community, Newars residing in Kathmandu are called "Yami." But, former State Minister, freedom fighter, social reformer, and writer Dharma Ratna Tuladhar used the surname 'Yami,' which led his descendants (Hisila Yami) to adopt the same surname. Therefore, 'Yami' can be considered a sub-caste of Tuladhar.

Tuladhar

तुलाधर तुलाधर संस्कृत शब्द " तुला " (तौलने काँटा) र " धर " (धारण गर्ने) बाट उत्पन्न भएको हो, जसको अर्थ तौलने काँटा बोक्ने अथवा व्यापारी भन्ने बुझाउँछ। तुलाधरहरू उराय समूह भित्र पर्छ। उनीहरू बौद्ध धर्मका अनुयायी हुन्। तुलाधरहरूले नेपाल, तिब्बत र भारतवर्षका विभिन्न देशहरू बीच कपडा, सिक्का तथा धातुका सरसामानहरू साटफेर गरी ऊन, कस्तूरी, छाला र याकको पुच्छरको व्यापार गर्थे। Tulādhar/Yami Tulādhar is derived from the Sanskrit words " tula " (weighing scale) and " dhar " (possessor), thus meaning scale-bearer or in general, merchant. Tuladhars belong to the Uraya group. They follow Buddhism. They are best known for their history as trans-Himalayan traders conducting trade between Nepal, Tibet and Indian princely states . They traded wool, musk, hides, and yak tails by bartering textiles and metal goods. For more information on Tuladhar (थप जानकारीको लागि) https://en.wikipedia.org/wiki/Tuladhar#:~:text=According%20to%20the%20division%20of,between%20...

Baniya/Shresthacharya

बनिया/ बन्या / श्रेष्ठाचार्य नेवार समुदायभित्रका बनिया/बन्या पनि मधेशी समुदायका बनिया झैँ व्यापारसँग सम्बन्धित समूह हुन्। परम्परागत रूपमा , उनीहरू आयुर्वेदिक औषधिहरूका लागि आवश्यक जडीबुटी तथा कच्चा पदार्थका व्यापारीका रूपमा परिचित छन्। बनिया समुदाय उराय समूह अन्तर्गत पर्दछ। साथै , यस समुदायका केही व्यक्तिहरू आफ्नो थर श्रेष्ठाचार्य पनि लेख्ने गर्दछन्। यस थरका मानिसहरू बौद्ध धर्मावलम्बी रहेका छन्। Bania/Shresthacharya The Bania within the Newar community are also a trade-related group, similar to the Bania of the Madhesi community. Traditionally, they are known as merchants of herbs and raw materials essential for Ayurvedic medicine. The Bania community falls under the Uray groups. Additionally, some individuals from this community use the surname Shresthacharya. The people of this caste are Buddhists. The name Bania is derived from the Sanskrit word vanijya (merchant); by preference, Bania (caste). Banras (Banias), subdivision of Newars, Nepal Itum Bahal, Kathmandu.

Byanjankar (व्यञ्जनकार)

 व्यञ्जनकार व्यञ्जनकार थर नेवार समुदायको एक विशिष्ट समूह हो। यस थरका मानिसहरू परम्परागत रूपमा खाद्यान्न तयारी र सेवा प्रदान गर्ने पेशासँग सम्बन्धित छन्। "व्यञ्जनकार" शब्द "व्यञ्जन" र "कार" को संयोजनबाट बनेको हो, जसको अर्थ खानाका परिकार बनाउने व्यक्ति भन्ने बुझिन्छ। व्यञ्जनकारहरू नेवारी खानाका विज्ञ मानिन्छन् र परम्परागत धार्मिक तथा सांस्कृतिक अवसरहरूमा विभिन्न खानाका परिकारहरू तयार गर्ने जिम्मेवारी लिन्छन्। उनीहरू मन्दिरहरूमा देवी-देवताका लागि भोग चढाउने विभिन्न परिकारहरू तयार गर्ने कार्यमा संलग्न रहन्थे, जसपछि ती परिकारहरू प्रसादको रूपमा वितरण गरिन्थ्यो। व्यञ्जनकारहरू किरात कालदेखि नै काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका छन्। भक्तपुरमा खाद्य परिकार तयार र सेवा प्रदान गर्ने जिम्मेवारी मुख्य रूपमा सुवाल थरका व्यक्तिहरूले बहन गर्ने भएकाले सुवाल र व्यञ्जनकार थरलाई समानान्तर थरका रूपमा लिन सकिन्छ। Byanjankar The Byanjankar caste is a distinct subgroup within the Newar community, traditionally engaged in food preparation and service. The name "Byanjankar...

Basi/Basiju

बासी/बासीजु छ थरिया श्रेष्ठ भित्र पर्दछ। बासी भन्नाले नेपाल भाषामा पाँचवटा टाउको भएको नागलाई जनाउँदछ।  यस थर मल्लकालको दरबारिया प्रशासनिक संरचनासँग सम्बन्धित थियो। हाल यो थरका मानिसहरूले कृषि पेसा अपनाएका छन्। Basi/Basiju is a surname that falls under the Chha Thariya Shrestha category. In the Nepal Bhasa (Newar language), 'Basi' refers to a serpent with five heads. This clan was historically associated with the administrative structure of the Malla-era royal court. Nowadays, people of this surname are primarily engaged in agriculture.

Amatya

अमात्य   छ थरिया श्रेष्ठ भित्र पर्दछ। यिनीहरू नेपाल भाषामा  महाजु ,   महां , माहां भनेर पनि चिनिन्छ । अ मात्य भन्ने थर मल्लकालको सामाजिक तथा प्रशासनसँग सम्बन्धित थियो । अमात्यले प्रधानमन्त्री वा मुख्य मन्त्री सरहको पदलाई जनाउँछ। राजालाई सल्लाह दिनका साथै महत्त्वपूर्ण सरकारी कार्यहरूको निरीक्षण गर्ने जिम्मेवारी हुन्थ्यो।  Amatya falls under Chha Thariya Shrestha group. These people are also known as Mahaju , Mahan, Maahan in Nepal Bhasha. The surname Amatya was associated with the social and administrative hierarchy of the Malla period. Amatya" denoted the chief minister or prime minister, essentially the highest ranking minister within the administration of the kingdom, responsible for advising the king and overseeing key governmental function. 

Thapa / Thapa Shrestha

थापा नेवार समुदायमा ' थापा ' थर कसरी आयो भन्ने जिज्ञासा उठ्न सक्छ। नेपालको इतिहास हेर्दा, विभिन्न क्षेत्री, तामाङ र मगर समुदायका व्यक्तिहरूले मल्ल राजाको पक्षमा युद्ध लडेको उल्लेख पाइन्छ। त्यस्तै, खड्का र रानामगरहरूले नुवाकोटमा पृथ्वी नारायण शाहको फौज विरुद्ध युद्ध गरेका थिए। खड्का र मगर (राना मगर र थापा मगर) हरू भने नेवार समुदायभन्दा पृथक् रहेर आफ्नै रीति-रिवाज पालना गर्दै उपत्यकाका सहर वरिपरिका क्षेत्रहरूमा बसोबास गरे। यस्तै, मल्ल राजाको तर्फबाट युद्ध लडेका केही ' थापाहरू भने नेवार समुदायमा नै घुलमिल भए। उनीहरूले नेवार संस्कृतिलाई अँगाले र कालान्तरमा नेवार समुदायको अभिन्न हिस्सा बने। र थापा श्रेष्ठ का रूपमा पनि चिनिन्छ । Thapa There may be curiosity about how the surname ' Thapa ' became part of the Newar community. Looking at Nepal's history, it is mentioned that Chhetri, Tamang, and Magar communities fought on behalf of the Malla kings. Similarly, Khadka Chhetri and Rana Magar fought against Prithvi Narayan Shah's forces in Nuwakot on behalf of Malla Ki...

Pahari/Nagarkoti

पहरी/ नगरकोटी " नगरकोटी थर पहरी थरका उपथर रहेको छ। पहरीहरू भारतबाट आएका क्षेत्रीय थिए। मल्लकालमा , मल्ल राजाहरूले आफ्नो पक्षबाट लडाई गर्न झिकाइएका हुन्। यी व्यक्तिहरू प्रायः सहरभन्दा टाढा , ग्रामीण क्षेत्रहरूमा कृषि गर्दै बस्थे र युद्धका समयमा मल्ल राज्यहरूको सुरक्षा गर्थे। नेपालको इतिहासमा , पृथ्वीनारायण शाहको आक्रमणको समयमा मल्ल राज्यको रक्षा गर्दै गर्दा लगभग ३०० नगरकोटी योद्धाहरूले प्राण गुमाएका थिए।" Pahari/Nagarkoti The Nagarkoti surname is a sub-caste of the Pahari . During the Malla period, the Malla kings brought them to fight on their behalf from India. They settled in rural areas, away from the then cities, engaging in agriculture, and provided security to the Malla kingdoms during times of war. In Nepal's history, around 300 Nagarkoti warriors were killed while defending the Malla king during the attacks of Prithvi Narayan Shah."

Tirhut Brahmin (Jha, Mishra)

" झा  र  मिश्र/मिश्रा  थर भएका तिरहुते  (मैथिली)  ब्राह्मणहरू राम सिता र कृष्ण मन्दिर र केही वैष्हणव मन्दिरहरूकोजारीको रूपमा सेवा गर्दछन् र नेवार समुदायमा पछि थपिएका हुन्। अधिकांश नेवारहरू,   साथै तिरहुते ब्राह्मणहरू आफैँ पनि ,  झा   र  मिश्र लाई आंशिक नेवार मान्छन्। तिरहुते ब्राह्मणहरू मल्लकालको मध्य र अन्तिम चरणमा उपत्यकामा आएका थिए। उनीहरूले नेवारी भाषा बोल्छन् र नेवार परम्पराहरू अनुसरण गर्छन् तर सधैँ वैवाहिक र अन्य सम्बन्ध तराई कै तिरहुते ब्राह्मणहरूसँग राखि रहे। नेपाल भाषा साहित्यमा यिनीहरूको योगदान रहेको छ। उपत्यकाको मठ मन्दिरमा गाइने केही भजनहरू साथै नाटकहरू मैथिली भाषामा रहेका छन्। Jhā and Miśra   Tirhute Brahmin with surnames Jhā  and  Miśra  (Mithila)   serve as temple priests for Ram Sita, Krishna temples and few Vaishnav Temples and are later additions to the Newar Community. Most Newars, as well as they themselves, consider them as being only partial Newar. The Tirhute Brahmins came to the Valley in th...

Napit (नापित/नौ)

नापित/नौ नापित या  नौ ने वार समुदायका परम्परागत नाइँ र पेडिक्युरिस्ट हुन्। उनीहरू पानी नचल्ने भनिएका समूह बाहेकका सबै नेवारहरूको विभिन्न पूजा कर्म र जन्म देखि मृत्युसम्मका संस्कारहरूको लागि शुद्धीकरण गर्न कपाल र नङ काट्ने काम गर्छन्। उनीहरू परम्परागत फिजियोथेरापिस्टको रूपमा पनि कार्य गर्छन्। हात खुट्टा मर्केमा उपचार गर्ने र औषधीको लेपहरू लगाइ दिने काम गर्छन्। Napit/Nau Napit , or Nau in the Newar community, are traditional barber and pedicurists. They cut hair and nails to purify individuals for various rituals and ceremonies, from birth to death, for all Newars except those considered "impure" or "untouchable" by traditional beliefs . They also work as traditional physiotherapists, treating sprains and applying medicinal pastes for recovery. Female Nau Shaving hair for Bratabandha Ala, a red colored liquid  painted in fingers of legs

Khatri (खत्री)

झट्ट सुन्दा ब्राह्मण क्षेत्रीहरूको खत्री थरसँग मिल्दोजुल्दो लाग्ने भए पनि , नेवार समुदायको खत्री थर यसको आफ्नै विशिष्टता रहेको छ। नेवार समुदायमा खत्री थरको उत्पत्ति हाडा, राजलवट र अन्य कुलीन वर्गका परिवारहरूसँग जोडिएको छ। यी परिवारका सन्तानले ज्यापू समुदायका चेलीहरूसँग विवाह गरेपछि यो नयाँ थरको उत्पति भएको थियो। यस थरका व्यक्तिहरूलाई परम्परागत रूपमा राजकुलोको स्याहार-सुसार र अनुगमन गर्ने जिम्मेवारी दिइएको थियो। At first glance, the Khatri surname of the Newar community might seem similar to the Khatri surname of the Brahmin and Chhetri communities, but it holds its own unique history. In the Newar community, the Khatri surname originated from the Hada and Rajalawat and other elite families. This new surname emerged when the descendants of the Hada, Rajalawat  and   other elite   families married women from the Jyapu community. Traditionally, individuals with this surname were entrusted with the responsibility of maintaining and supervising the Rajkulo (a...

Khendhaumaku

 खेँधौमाकु नेवार समुदायमा रहेका विभिन्न थरहरु मध्य खेँधौमाकु पनि एक हो । खेँधौमाकु शब्द “खेँ”, “धौ” र “माकु” तीन शब्दहरु मिलेर बनेको हो जसको अर्थ अण्डा र दहि जस्तै मीठो भन्ने अर्थ लाग्दछ। जसरी अण्डा र दही खान्दा मीठो (माकुसे) हुन्छ त्यसरी नै सम्भवतः यो थरका मानिसहरू निकै सोझो र बफादार भएको कारण यिनीहरूलाई खेँधौमाकु भनिएको हो। भक्तपुरको ईताछेँ टोलमा जम्मा २ घर मात्र रहेको यस थरका मानिसहरू बाहिरी जिल्ला गए लगत्तै श्रेष्ठ थरको प्रयोग गर्न थालेका छ। मानव गोत्र रहेका यस थरका मानिसहरूका केही परिवारहरू हाल चापागाउँमा बसोबास गर्दै आएका छन्। गोत्रकै आधारमा भन्नू पर्दा यी जातीका मानिसहरू पनि ६ थरिया अन्तर्गत रहेको र मल्लकालमा दरबारसँग सम्बन्ध रहेको अनुमान लगाउन सक्छौं । वर्षको एक दिन कुलदेवताको पूजाका निम्ति चापागाउँ र भक्तपुरबाट भक्तपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा भेला भइ भव्य पूजाआजा गर्ने गर्दछ।  Source: GR Ranjit Among the various surnames in the Newar community, Khendhaumaku is one of them. The term “ Khendhaumaku ” is derived from three words: “Khen”, “Dhau”, and “Maku”, which...

Tepe

तेपे थरका व्यक्तिहरू किराँत कालिन राजपरिवारका सदस्य वा भारदारहरू हुन्। तत्कालीन समयमा लिच्छवीहरूले किराँतहरू माथि हालको च्यासलमा आक्रमण गर्दा, केही किराँतीहरू टेप अर्थात् धान, चामल, पीठो राख्न प्रयोग गरिने ठूलो माटोको भाँडोमा लुकेर ज्यान जोगाए। जसको कारण ती मान्छेहरू कालान्तरमा तेपे/टेपे भनेर चिनिए। Individuals with the  Tepe surname are believed to have been members or nobles of the Kirat royal family during the Kirat era. When the Licchavis attacked the Kirats at what is now Chyasal, some Kirati people hid in tepa, a large ceramic pots traditionally used to store rice, grains, or flour, to save their lives. Over time, these people came to be known as Tepe, deriving their name from the pots that played a role in their survival.

Nakarmi, Kau, Kami, Kaligagdh

 कौ, कलिगढ, कामी र नकर्मी स्थानीय भाषामा कौ भनिने यो थर कालिगढ, कामी (स्त्रिलिङ्गी) र नकर्मीको रूपमा पनि परिचित छन्। प्रा. माणिक लाल श्रेष्ठको कथन अनुसार कलिगतको अपभ्रंश शब्द कौ हो र मल्लकालमा पेसासँग सम्बन्धित जाति हुने प्रचलन पश्चात् फलाम (नेपाल भाषामा न अथवा भक्तपुरमा न्या) को काम गर्ने भएर न:कमि हुन गएको हो। कालिगढ जाति विभिन्न औजार र हात-हतियार बनाउन निपुण छन्।  नेवार समुदाय भित्रको नकर्मी जातिको इतिहास कलिगत संवतसँग सम्बन्धित रहेको छ भने, खस समुदायको कामि जातिको इतिहास सिन्धुघाटी सभ्यतासँग सम्बन्धित छ। तसर्थ नकर्मी र कामि जातिको इतिहास धेरै फरक छ। This surname, known locally as Kau, is also recognized as Kaligad, Kami (referring female), and Nakarmi.  According to Prof. Manik Lal Shrestha, the term Kau is derived from the corrupted form of the word Kaligat. During the Malla period, when caste distinctions were associated with professions, those who worked with iron (called Na in Nepal Bhasa or Nya in Bhaktapur) came to be known as Nakarmi. The Kaligadh caste is skil...

Duwal Duwa

 दुव, दुवाल, मन्त/महन्त, च्वलेखो नेवार समुदायमा रहेका विभिन्न थरहरू मध्य दुवाल पनि एक हो। दुवालहरूलाई स्थानीय भाषामा “ दुव ” भन्ने गरिन्छ। दुवाल लाई लिच्छविकाल र मल्लकाल तिर दुवार भन्ने गरिन्छ। लिच्छविकालिन नेपाल भाषामा प्रयोग भएको “र” अक्षर कालान्तरमा “ल” उच्चारण भएर प्रचलनमा आएको देखिन्छ। जस्तै “तोर” शब्द बाट “टोल”, “धरिख्य” शब्दबाट धलिख्य हुँदै धुलिखेल, “राजकुल” शब्दबाट लायकुल हुँदै लायकु शब्दको निर्माण भएको थियो। यसरी नै दुवार शब्दबाटै पछि गएर दुवाल भएको थियो। दुवार शब्द पनि लिच्छविकालिन दौवारिक शब्दबाट आएको थियो। दौवारिक भन्नाले द्वारमा बस्ने व्यक्ति हो। यस अर्थले हेर्ने हो भने दुवालहरू पनि राजदरवारसँग सम्बन्ध भएका थरका मानिसहरु हुन । त्यस्तै डा. चुन्दा वज्राचार्यले “जितामित्र मल्लको धर: पौ” भन्ने पुस्तकमा दुवाला बनाउने दुवाल हुन् भनेर लेख्नु भएको छ। (source: https://www.facebook.com/ganeshranjeet) स्थानीय नेपाल भाषामा  मन्त/महन्त र च्वलेखो भनेर चिनिने मानिसहरूले पनि दुवाल थर प्रयोग गर्छन्। शाब्दिक अर्थले समान अन्य थरहरू द्वा र द्वारे दुवाल समानका हुनु पर्छ। Among t...