दुव, दुवाल, मन्त/महन्त, च्वलेखो नेवार समुदायमा रहेका विभिन्न थरहरू मध्य दुवाल पनि एक हो। दुवालहरूलाई स्थानीय भाषामा “ दुव ” भन्ने गरिन्छ। दुवाल लाई लिच्छविकाल र मल्लकाल तिर दुवार भन्ने गरिन्छ। लिच्छविकालिन नेपाल भाषामा प्रयोग भएको “र” अक्षर कालान्तरमा “ल” उच्चारण भएर प्रचलनमा आएको देखिन्छ। जस्तै “तोर” शब्द बाट “टोल”, “धरिख्य” शब्दबाट धलिख्य हुँदै धुलिखेल, “राजकुल” शब्दबाट लायकुल हुँदै लायकु शब्दको निर्माण भएको थियो। यसरी नै दुवार शब्दबाटै पछि गएर दुवाल भएको थियो। दुवार शब्द पनि लिच्छविकालिन दौवारिक शब्दबाट आएको थियो। दौवारिक भन्नाले द्वारमा बस्ने व्यक्ति हो। यस अर्थले हेर्ने हो भने दुवालहरू पनि राजदरवारसँग सम्बन्ध भएका थरका मानिसहरु हुन । त्यस्तै डा. चुन्दा वज्राचार्यले “जितामित्र मल्लको धर: पौ” भन्ने पुस्तकमा दुवाला बनाउने दुवाल हुन् भनेर लेख्नु भएको छ। (source: https://www.facebook.com/ganeshranjeet) स्थानीय नेपाल भाषामा मन्त/महन्त र च्वलेखो भनेर चिनिने मानिसहरूले पनि दुवाल थर प्रयोग गर्छन्। शाब्दिक अर्थले समान अन्य थरहरू द्वा र द्वारे दुवाल समानका हुनु पर्छ। Among t...
This is the page dedicated to explore the Surname (Thars) of the Newa Community.