Skip to main content

Tandukar Khusa

नेपाल भाषामा खुस भनेर चिनिने तण्डुकार थर डोला बोक्ने र खेतीसँग सम्बन्धित थर रहेको छ।

संस्कृतमा ‘तण्डुल’ शब्दले चामललाई जनाउँछ। त्यस अर्थमा तण्डुलकारहरू चामल तथा धानसँग सम्बन्धित कार्यमा जानकार थिए। पछि ‘तण्डुलकार’ शब्द छोटिएर ‘तण्डुकार’ मात्र रहन गयो। बौद्ध धर्म नेपाल प्रवेश गर्दा सँगै धानको बीउ लिएर उपत्यका छिर्ने जाति तण्डुकार हुन्। यिनीहरूले नै धानको खेती शुरू गरेका थिए भनिन्छ।  

खेती सँगसँगै यस जातिका मानिसहरू डोला बोक्ने काम गर्थे। राजा नरेन्द्र देवसँग कामाख्या पुगी मछिन्द्रनाथलाई बोकेर नेपाल मण्डल लिई आउने ललित ज्यापुका सन्तति मान्नुले डोला बोक्ने काम गर्थे भन्ने कुरा प्रष्ट हुन्छ। 

तण्डुकारहरू कहीँ कतै चामल र धानका व्यापारी भएको उल्लेख पाइन्छ। सयको सामान किनेर छ सय (नेपाल भाषा: खुस) मा बेच्ने भएर खुस भनिएको कथन पनि रहेको छ। तर नेवार समुदाय भित्र व्यापारीहरू पाँच थरिया श्रेष्ठ भित्र पर्नु र तण्डुकार त्यस भित्र नपर्नुले तण्डुकार व्यापारी नभएको पुष्टि हुन्छ। बरु सयको सामान बोक्दा छ सय (खुस) भाडा लिने भएर खुस भनिएको कुरा प्रबल देखिन्छ।

कुम्भेश्वरका तण्डुकारहरूले वर्तमानमा पनि रातो मच्छिन्द्रनाथको रथ सर्वप्रथम तान्ने गर्छन्।

तण्डुकारको एक शाखा, जो वज्राचार्य पुरुष र तण्डुकार महिलाको विवाहबाट उत्पन्न सन्तति हुन्, 'नाय गुंभाजू' भनेर परिचित छन्। उनीहरूले खड्गी जातिका लागि वज्राचार्यले ज्यापु समुदायको लागि जस्तै कर्मकाण्ड तथा श्राद्धसहितका मृत्युउपरान्तका विधिहरू गराउँछन्। यो परिवार कोंटी ललितपुर, र काठमाडौंमा बसोबास गर्छ।

Tandul’ indicates the implication of rice. Thus, Tandulkars are familiar to deal with rice paddy. Later on, the very word Tandulkar remained merely as Tandukar. Still there is a traditional value that Tandukars from Kumbheswor must have first handle the chariot of Rato Matsyandranath. Such value prevails the evidence that the Tandukars of Kumbheswor are the descendants of Lalit Jyapu, regardless of any argument. On account of chronology and evolving beliefs, values, traditions etc with religious and cultural aspect Tandukars gained acceptance to be identified as the indigenous people of the valley

A subgroup of the Tandukar lineage, descended from a Bajracharya who married a Tandukar woman, is known as the 'Nay Gubhaju'. They perform life-cycle rituals and post-mortuary rites, including śrāddha, for the Khadgi community—similar to the role Bajracharyas play for the Jyapu. This family primarily resides in Konti, Lalitpur, and Kathmandu.

 



Comments