कस, कसजु, कायस्थ, भुजु, फैजु, सैंजु
स्थानीय नेपाल भाषामा कस, कसजु भनेर चिनिने कायस्थ लिच्छवि काल देखि नै नेवा समुदायमा सामेल भएको देखिन्छ। त्यस्तै, कायस्थको अर्को समूह सिमरौनगढबाट भागेर रानी देवलदेवी र छोरा जगतसिंह देवसँगै नेपाल मण्डल आएको इतिहास रहेको छ। लिच्छवी काल (नेपाल सम्बत २६०) मा सिंह थर प्रयोग गर्ने कायस्थ जातिले नेपाल सम्बत ६३९ आई पुग्दा कस थर प्रयोग गरेको देखिन्छ।
कसजू शब्द दुई शब्द 'कस' र 'जू' मिलेर बनेको हो। 'कस' भन्नाले लेखक हो भने 'जू' आदरार्थी शब्द हो। कायस्थहरूले विभिन्न राजाहरूको दरबारमा मन्त्री, सल्लाहकार वा सर्वोच्च सरकारी पदहरू रहेर सेवा गरेको देखिन्छ। कायस्थहरूको जीविकोपार्जनको माध्यम नै लेखनी हो। शिक्षित वर्गको नाताले उनीहरूले दरबारी लिखितको साथसाथै विभिन्न ग्रन्थ, ठ्यासफू लिपिबद्ध गर्ने काम गरे।
केही कायस्थहरू राजनीतिमा समेत प्रवेश गरे जसले तत्कालीन नेपाल मण्डलको राजनैतिक इतिहास समेत प्रभावित भयो। राजनीतिमा प्रवेश गर्ने पहिलो व्यक्ति कस्त (कायस्थ) भारो हो। उनी ने.सं. ४४६ मा राजनीतिमा प्रवेश गरेको देखिएको छ। मल्ल कालमा राजालाई परामर्श दिने छ प्रधानहरू मध्ये कायस्थ एक रहेको छ।
भुजु, फैजु, साँयजु/सैंजु कायस्थ थरका उपथर रहेका छन्। कायस्थ छ थरिया श्रेष्ठ भित्र पर्दछ।
Kasa, Kasaju, Kasan, Kayastha, Bhuju, Faiju and Sayaju/Sainju
In the local Nepal Bhasa, Kayasthas are known as Kasa, Kasaju, or Kasan and have been part of the Newar community since the Licchavi period. Similarly, another group of Kayasthas is historically recorded to have fled from Simroungarh and arrived in Nepal Mandala along with Queen Devaldevi and her son Jagatsingh Dev.
During the Licchavi period (Nepal Sambat 260), the Kayastha caste used the surname Singh, but by Nepal Sambat 639, they were using the surname Kasa. The term Kasju is formed from two words: Kasa, meaning writer, and Ju, which is an honorific. Kayasthas served as ministers, advisors, and high-ranking officials in various royal courts. Writing was their primary means of livelihood, and as an educated class, they were responsible for court records, scriptures, and Thyasaphu (manuscripts).
Some Kayasthas also entered politics, influencing the political history of the then Nepal Mandala. The first recorded Kayastha to enter politics was Kasa (Kayastha) Bharo, who became politically active in Nepal Sambat 446. During the Malla period, Kayasthas were among the six chief advisors to the king.
The surnames Bhūju, Faiju/Phaiju, and Sainju/Sanyeju are subcategories within the Kayastha lineage. Kayasthas belong to the Chathariya Shrestha group.
Comments
Post a Comment