Skip to main content

Khadgi

नाय्, खड्गी, शाही, कसाइ, न्याचा

खड्गी शब्द पशु वध तथा मासु बिक्री गर्ने पेशाबाट उत्पन्न भएको हो। प्राचीन समयमा यो जाति खड्ग वा तरबार चलाउने (सैन्य) जातिका रूपमा चिनिन्थ्यो। 

खड्गी जातिले आफूहरूलाई शाही ठकुरीका वंशज भएको दाबी गर्छन्। नाय्, खड्गी, शाही, कसाइ (अपुष्ट), नाय्चा यी जातिले प्रयोग गर्ने थर हुन्। 

नाय् जातिको उत्पत्ति बारे दुई जनश्रुति रहेका छन्। काठमाडौं उपत्यकातर्फ आउँदै गर्दा हरि सिंह देव आफ्नो कुलदेवी तलेजुलाई समेत साथमा लिएर आएका थिए। यात्रा क्रममा उनको समूहलाई खानका लागि केही उपलब्ध भएन। त्यसपछि राजाले देवी तलेजुको आह्वान गरे। देवी तलेजु हरि सिंह देवको सपनामा प्रकट भइन् र भोलिपल्ट बिहान पहिलो देखिएको जनावर खान सक्ने आदेश दिइन्। बिहान पहिलो देखिएको जनावर जङ्गली राँगो (अर्ना) थियो। त्यसपछि उक्त राँगोलाई बलि दिनका लागि देवीको सामु ल्याइयो। र राजा सँगै आएका एक सेनाले राँगोको बध गरे र कालान्तरमा नाय् बनेको भनिन्छ।

अर्को कथन अनुसार, जात विभाजन गर्दा राँगो काट्ने मानिसको खोजी भयो। त्यसको लागि राजाबाट भोलिका दिन बिहानै सूर्यको विपरीत फर्किएर दिसा गरिरहेको पहिलो मानिसलाई नाय् बनाउने भनि उर्दी जारी भयो। सोही अनुसार एक राजकुमार (सायद सबैले नरुचाउने) सूर्यको विपरीत फर्किएर दिसा गरिरहेको फेला पारे। र सोही राजकुमार पहिलो नाय् बनेको भनिन्छ।

यी दुवै कथनले यो जाति क्षेत्री भएको पुष्टि गर्दछ।

नाय् जाति मासुको मात्र व्यापारी नभएर फलफूल र दूध पनि बेच्ने गर्थे। त्यस्तै नेवार समुदायले घरभित्र लाउन प्रयोग गरिने नालु लकान (केतुकेको रेसाबाट तयार गरिने विशेष जुत्ता) बनाउने गर्छन्। यस जातिको महिलाले नेवार समुदायमा बच्चा जन्मिँदा नाल काट्ने र काटेको नाललाई विधि पुर्याई छ्वासमा फ्याल्ने गर्थे। त्यस्तै ज्यापू भन्दा तलका जातिलाई नापितले जस्तै चोख्याउने काम गर्छन्। नाय् जातिले नाय्खिङ् बाजा पनि बजाउने गर्छन्


 


Comments