कक्षपति भन्ने शब्द दुईवटा शब्दबाट बनेको हो, "कक्ष" र "पति"। "कक्ष" भन्नाले कोठा जनाइन्छ, भने "पति" भन्नाले अधिकारी बुझिन्छ।
लिच्छवि र मल्ल कालको समयमा, नेपाल मण्डलमा आउने विशिष्ट अतिथि, राजदूत, तथा अन्य सम्माननीय पाहुनाहरूको बसोबासको व्यवस्थापन सुनिश्चित गर्ने जिम्मेवारी लिने अधिकारीलाई "कक्षपति" वा "कछीपति" भनिन्थ्यो। कक्षपति पाँचथरिया श्रेष्ठ भित्र पर्दछ।

Comments
Post a Comment