Skip to main content

Chhipa, Chhipi, Ranjit, Ranjitkar

 छिपा, छिपी, रञ्जित, रञ्जितकार

“रञ्जितकार” एक संस्कृत शब्द हो भने यस समुदायलाई नेपाल भाषामा “छिपा” वा “छिपी” भन्ने गर्दछ। त्यस्तै गरि रञ्जित, रञ्जितकार पनि भन्ने गरिन्छ । यस थरका मानिसहरूको मुख्य पेसा कपडामा रङ्ग रोगन गर्नु, बुट्टा भर्नु र सुकाउनु हो। यसरी कपडामा रङ्ग रोगन गर्ने कामलाई नेपाल भाषामा “छिगु” र सुकाउने कामलाई “पायगु” भनिन्छ। यसरी छिगु र पायगु बाटै छिपा थर रहन गएको थियो। यसरी छिपा शब्दलाई संस्कृतकरण गर्दा रङ्गमा जित हासिल गरेको भनेर रञ्जित भन्न थालियो । विभिन्न जडीबुटी, ओखरको बोक्रा, घाँसहरूको प्रयोग गरि विभिन्न रङ्ग बनाएर धागो र कपडा रङ्गाएका कारण छिपाहरूलाई रञ्जित र रञ्जितकार भन्ने गरियो । यहाँ “कार” शब्दको अर्थ विशेषज्ञ हुन। यी रञ्जितकारहरूले नै भक्तपुरमा मनाइने बिस्का जात्रामा उभ्याइने यसिंद्य:मा झुन्ड्याउने हलिपत बनाउने गर्दथ्यो। त्यस्तै यन्यापुन्ही (इन्द्रजात्रा) मा निकाल्ने लाखे आजुको चुन्दरी, ग्वयका, पासुका,आदि बनाउने पनि गर्थ्यो। त्यस्तै मल्लकालमा राजाको श्रीपेच बनाउने पनि रञ्जितकारहरूले नै बनाउने गर्थे। यस थरका मानिसहरूको लागी आफ्नो पेसागत काम गर्न ठूलो चौरको आवश्यक पर्दछ। यसरी ठूलो चौर, र प्रशस्त पानीको व्यवस्था भएको ठाउँ भनेको भक्तपुरमा खोर्‍हे (हनुमानघाट) रहेकोले प्राय रञ्जितकारहरू यसै स्थानमा रहने गर्दथ्यो। यहाँ पानीको लागि हनुमन्ते नदि थियो भने सुकाउन नदि पारी ठूलो चौर (पांचाख्य) थियो।  (Source: https://grranjit.com.np/2023/05/2434/ Grammar edited by author)

हालका दिनमा राजवंशी र गुप्त थर भएका व्यक्तिहरूले पनि कपडामा रङ्ग रोगन गर्ने पेसा अपनाएका भए पनि तिनिहरूको ऐतिहासिक पृष्ठभूमि फरक रहेको छ।

Ranjitkar” is a term derived from the Sanskrit language, while this community is referred to as “Chhipa” or “Chhipi” in Nepal Bhasa. They are also called Ranjit or Ranjitkar. The primary occupation of people with this surname was dyeing fabrics, creating patterns, and drying the cloth. In Nepal Bhasa, the process of dyeing is called “Chhigu”, and drying is referred to as “Payagu”. The surname Chhipa originated from these two words. The term Chhipa was later influenced by Sanskrit language and converted to Ranjit, meaning “victorious in colors.” Using various herbs, walnut bark, and grasses, they created different dyes and colored threads and fabrics, leading to their recognition as Ranjit. The addition of “Kar” signifies expertise, making Ranjitkar mean “color expert.”

Ranjitkars also contributed to cultural traditions in Bhaktapur. They crafted the Halipata (decorative fabric) hung on the Yoshin Dya: during the Biska Jatra festival and created items like Chundari (sacred cloth), Gwayka, and Pasuka used in Yenya Punhi (Indra Jatra). During the Malla period, they were responsible for making the royal Shripech (crown).

Their work required large open spaces and abundant water. For this reason, most Ranjitkars settled in Khore (Hanuman Ghat) in Bhaktapur, which had the Hanumante River for water and a large open field (Panchakhya) across the river for drying the fabrics. 

In modern times, individuals with the surnames Rajbanshi and Gupta have also adopted the profession of fabric dyeing, but their historical background differs significantly from that of the Ranjitkars.





Comments