Skip to main content

Chhwasakoso Nayabhari/Nayabha

छ्वसकोस नायभारी/नायाभा 

नेवार समुदायमा थरहरू विभिन्न आधारमा विकास भएका पाइन्छन्—कसैको थर पुरानो थलो अनुसार, कसैको उपनाम अनुसार, भने कसैको घरको बनावट वा विशेषताअनुसार रहेको छ।

त्यसैगरी, छ्वसकोस थर पनि घरको प्रकृतिसँग सम्बन्धित थर हो। 'छ्वस' भन्नाले नेवार समुदाय बसोबास गर्ने टोलहरूमा पाइने दोबाटो नजिकको त्यस्तो स्थानलाई जनाउँछ, जहाँ सबै अशुभ वस्तुहरू लगेर फ्याल्ने चलन रहि आएको छ।

यस्तै एउटा छ्वसको नजिक एक राजभण्डारीले आफ्नो घर निर्माण गरे, जसको मोहडा सो छ्वस तिर फर्किएको (नेपाल भाषामा कोसो) थियो। यसरी छ्वस तिर फर्केको घरका कारण उनलाई र उनका परिवारलाई 'छ्वसकोस' उपनामले चिनिन थालियो। समयक्रममा यही उपनाम विस्तार हुँदै थरको रूपमा स्थापित भयो।

हाल छ्वसकोस थरका व्यक्तिहरूले आधिकारिक कागजातहरूमा नायभारी वा नायाभा थर प्रयोग गर्ने गर्छन्। 'छ्वसकोस', 'नायभारी', र 'नायाभा' थरहरू मूलतः राजभण्डारी थरका स्थानीय रूपहरू हुन्।



Comments