ख्वप नायक अर्थात् भक्तपुरका नेता भनि प्रख्यात देसार थरका नेवार ललितपुरको चापागाउँका मुख्य बासिन्दा मानिन्छन्। तर चापागाउँका अलावा थैव, मच्छेगाउँ, थानकोट लगायत स्थानहरूमा पनि रहेका छन्।
चापागाउँ चौकोट निवासी बासुदेव देसारका अनुसार यस जाति शुरुमा भक्तपुरे मल्ल वंशका सन्तान थिए। मल्ल राजाका मठ्याहा भित्रिनी पट्टिका एक छोराको जन्म हुन गयो। भक्तपुरमा नै राखी छोडे विवाहित रानीका तर्फबाट भएका सन्तानले राज्य नपाउने र ज्योतिषलाई देखाउँदा मठ्याहा पट्टिका छोरा मूलमा परेको भनी निर्क्योल दिएपछि बच्चालाई वज्रवाराहीको जङ्गलमा फ्याँक्न ल्याएछन्। भक्तपुरे मल्ल राजाले मठ्याहा पट्टिका भएपनि सो राजकुमारको रेखदेख गर्न आठ जात च्यामे, पोडे, खड्गी, श्रेष्ठ, कर्माचार्य, कुश्ले, कारञ्जित र जोशीलाई चापागाउँ लागिएको बताइन्छ। ती भक्तपुरे राजकुमारलाई देशवाल (देशका रक्षक) भनियो। सोही देशवाल अपभ्रंश भइ कालान्तरमा देसार हुन गएको हो। देसारलाई ख्वपनाय: भनी सम्बोधन गर्ने परम्परा कायम रहेको छ।

Comments
Post a Comment