Skip to main content

Rajbhandari, Bhari, Bhani, Bhadel, Talchabhadel, Talchabhandari, Talchabhari, Bhariju, Dhaubhadel/Dhaubadel, Dhaubhari, Dyoubhari, Nayabhari/Nayabha/Chosokoso, Changubhari

राजभण्डारी, भारी, भनी, भडेल, तल्चाभडेल, ताल्चाभण्डारी, तल्चाभारी, भारिजु, धौभडेल, धौवडेल, धौभारि, द्यौभारि, नायभारी/नायाभा/छ्वसकोस,चाँगुभारी

भारी भन्नाले नेपाल भाषामा कोष या चल सम्पत्तिको रक्षा गर्ने वा सुरक्षा प्रदान गर्ने व्यक्ती बुझिन्छ। त्यसैको संस्कृत शब्द भण्डारी हो।

भारी / राजभण्डारी छथरिया श्रेष्ठ भित्र पर्दछ। राजा जयस्थिति मल्लले धन-सम्पत्तिको हेरचाह गर्न कोषाध्यक्षहरू नियुक्त गरेका थिए, जसलाई भण्डारी उपाधि दिइएको थियो। समयसँगै भण्डारी शब्द राजभण्डारीले प्रतिस्थापन भयो। १७औँ शताब्दीसम्म आइ पुग्दा, राजभण्डारी मल्ल दरबारका दरबारी र सैनिक प्रमुखको रूपमा सेवा गर्ने प्रमुख कुलमध्ये एक बने। यस्तै, राजभण्डारीहरू पशुपतिनाथ मन्दिर, चाँगुनारायण जस्ता केही प्रमुख मन्दिरहरूका गैर वैदिक सहायक पूजारी तथा मुख्य संरक्षकका रूपमा पनि रहेका छन्।

राजभण्डारीहरू सूर्यवंश र अग्निवंश राजपूत राजाहरूका सन्तान मानिन्छन्, जो मल्ल कालमा काठमाडौं उपत्यकामा बसोबास गर्न आएका थिए। उनीहरूलाई ब्रह्मपुत्र क्षत्रिय (ब्रह्मपुत्र क्षत्री) मानिन्छ, जसले जनै लगाउनुपर्ने परम्परा छ। भनी, भारी, भारिजु, ताल्चाभारी, तल्चाभडेल, ताल्चाभण्डारी, भँडेल, भदेल भडेल, धौभारि, धौभडेल, धौवडेल, द्यौभारी नायभारी/नायाभा/छ्वसकोस, चाँगुभारी, सूर्यवंश थरहरू सबै राजभण्डारीका स्थानीय रूपहरू हुन्।

चाँगुभारीले आफ्नो आधिकारिक कागजातमा सुवाल थर प्रयोग गर्छन्

भक्तपुरको भोलाछें राजभण्डारीहरूको मूल थलो मानिन्छ समय कालमा पूर्वमा ओखलढुङ्गा र पश्चिममा पोखरा र बाग्लुङ्ग बसाइ सरे 

आरम्भमा, “गोत्र” (वंशावली) र सामाजिक स्थानअनुसार नेपालमा तीन प्रकारका राजभण्डारी थिए:

  • भादगाउँ (भक्तपुर) का राजभण्डारी: भारद्वाज गोत्र
  • कान्तिपुर (काठमाडौं) का राजभण्डारी: कश्यप गोत्र
  • ललितपाटन (ललितपुर) का राजभण्डारी: काशी गोत्र
  • सल्यान (ते बहाल, काठमाडौंबाट सरेका) का राजभण्डारी: कश्यप गोत्र

फत्तेमान राजभण्डारी


Comments