Skip to main content

Posts

Twayana

त्वायना  शब्द "त्वलनायक" शब्दबाट “ त्व:नाय:" (टोलको नाइके) हुँदै अपभ्रंश भएर बनेको शब्द हो। त्वलनायक एक मल्लकालिन पद हो, जसको अर्थ टोलको नाइके हो । सन १४२७ मा राजा यक्ष मल्लद्वारा ५५ झ्याले दरबारको जग शिलान्यास गरेको थियो। यक्ष मल्लको मृत्यु पश्चात् छोरा छोरीहरूमा राज्य विभाजन तथा एकले अरूलाई आक्रमण गर्ने काम मै समय व्यतीत भयो। जसले गर्दा ५५ झ्याले दरबारको निर्माण कार्यले पूर्णता पाउन सकेन। पछि जितामित्र मल्लको पालामा पुन: यस कार्यले निरन्तरता पायो, तर उनको पालामा पनि यो कार्यले पूर्णता पाउन सकेन। जितामित्र मल्लको मृत्यु पश्चात् उनका छोरा भूपतिन्द्र मल्ल भक्तपुरका राजा भए पछि उक्त कार्यले पूर्णता पायो। यसरी दरबार निर्माण गर्दा जनतालाई खबर गर्ने , एक ठाउँमा जम्मा गर्ने , कामको बाँडफाँट मिलाउने काम गरे बापत नाइके भनेर पद दिएका थिए। टोल टोलमा खबर दिनु पर्ने भएकोले तत्कालीन भक्तपुरका २४ वटै टोलमा नाइकेहरू थिए। तसर्थ भक्तपुरका हरेक टोलमा आज पनि त्वायनाहरू छन्। जनश्रुति अनुसार राजा भूपतिन्द्र मल्लका रानीहरू मध्ये एक रानी त्वलनाईकेका चेली थिए । यसै कारण पनि त्वायनाहरुलाई उक्त प...

Desar/Deshar

 ख्वप नायक अर्थात् भक्तपुरका नेता भनि प्रख्यात देसार थरका नेवार ललितपुरको चापागाउँका मुख्य बासिन्दा मानिन्छन्। तर चापागाउँका अलावा थैव, मच्छेगाउँ, थानकोट लगायत स्थानहरूमा पनि रहेका छन्।  चापागाउँ चौकोट निवासी बासुदेव देसारका अनुसार यस जाति शुरुमा भक्तपुरे मल्ल वंशका सन्तान थिए। मल्ल राजाका मठ्याहा भित्रिनी पट्टिका एक छोराको जन्म हुन गयो। भक्तपुरमा नै राखी छोडे विवाहित रानीका तर्फबाट भएका सन्तानले राज्य नपाउने र ज्योतिषलाई देखाउँदा मठ्याहा पट्टिका छोरा मूलमा परेको भनी निर्क्योल दिएपछि बच्चालाई वज्रवाराहीको जङ्गलमा फ्याँक्न ल्याएछन्। भक्तपुरे मल्ल राजाले मठ्याहा पट्टिका भएपनि सो राजकुमारको रेखदेख गर्न आठ जात च्यामे, पोडे, खड्गी, श्रेष्ठ, कर्माचार्य, कुश्ले, कारञ्‍जित र जोशीलाई चापागाउँ लागिएको बताइन्छ। ती भक्तपुरे राजकुमारलाई देशवाल (देशका रक्षक) भनियो। सोही देशवाल अपभ्रंश भइ कालान्तरमा देसार हुन गएको हो। देसारलाई ख्वपनाय: भनी सम्बोधन गर्ने परम्परा कायम रहेको छ।

Chhwasakoso Nayabhari/Nayabha

छ्वसकोस नायभारी/नायाभा  नेवार समुदायमा थरहरू विभिन्न आधारमा विकास भएका पाइन्छन्—कसैको थर पुरानो थलो अनुसार, कसैको उपनाम अनुसार, भने कसैको घरको बनावट वा विशेषताअनुसार रहेको छ। त्यसैगरी, छ्वसकोस थर पनि घरको प्रकृतिसँग सम्बन्धित थर हो। 'छ्वस' भन्नाले नेवार समुदाय बसोबास गर्ने टोलहरूमा पाइने दोबाटो नजिकको त्यस्तो स्थानलाई जनाउँछ, जहाँ सबै अशुभ वस्तुहरू लगेर फ्याल्ने चलन रहि आएको छ। यस्तै एउटा छ्वसको नजिक एक राजभण्डारीले आफ्नो घर निर्माण गरे, जसको मोहडा सो छ्वस तिर फर्किएको (नेपाल भाषामा कोसो) थियो। यसरी छ्वस तिर फर्केको घरका कारण उनलाई र उनका परिवारलाई 'छ्वसकोस' उपनामले चिनिन थालियो। समयक्रममा यही उपनाम विस्तार हुँदै थरको रूपमा स्थापित भयो। हाल छ्वसकोस थरका व्यक्तिहरूले आधिकारिक कागजातहरूमा नायभारी वा नायाभा थर प्रयोग गर्ने गर्छन्। 'छ्वसकोस', 'नायभारी', र 'नायाभा' थरहरू मूलतः राजभण्डारी थरका स्थानीय रूपहरू हुन्।

Rajbhandari, Bhari, Bhani, Bhadel, Talchabhadel, Talchabhandari, Talchabhari, Bhariju, Dhaubhadel/Dhaubadel, Dhaubhari, Dyoubhari, Nayabhari/Nayabha/Chosokoso, Changubhari

राजभण्डारी, भारी, भनी, भडेल, तल्चाभडेल, ताल्चाभण्डारी, तल्चाभारी, भारिजु, धौभडेल, धौवडेल, धौभारि, द्यौभारि, नायभारी/नायाभा/ छ्वस कोस,चाँगुभारी भारी भन्नाले नेपाल भाषामा कोष या चल सम्पत्तिको रक्षा गर्ने वा सुरक्षा प्रदान गर्ने व्यक्ती बुझिन्छ। त्यसैको संस्कृत शब्द भण्डारी हो। भारी / राजभण्डारी छथरिया श्रेष्ठ भित्र पर्दछ। राजा जयस्थिति मल्लले धन-सम्पत्तिको हेरचाह गर्न कोषाध्यक्षहरू नियुक्त गरेका थिए, जसलाई “ भण्डारी ” उपाधि दिइएको थियो। समयसँगै भण्डारी शब्द राजभण्डारीले प्रतिस्थापन भयो। १७औँ शताब्दीसम्म आइ पुग्दा , राजभण्डारी मल्ल दरबारका दरबारी र सैनिक प्रमुखको रूपमा सेवा गर्ने प्रमुख कुलमध्ये एक बने। यस्तै , राजभण्डारीहरू पशुपतिनाथ मन्दिर, चाँगुनारायण जस्ता केही प्रमुख मन्दिरहरूका गैर वैदिक सहायक पूजारी तथा मुख्य संरक्षकका रूपमा पनि रहेका छन्। राजभण्डारीहरू सूर्यवंश र अग्निवंश राजपूत राजाहरूका सन्तान मानिन्छन् , जो मल्ल कालमा काठमाडौं उपत्यकामा बसोबास गर्न आएका थिए। उनीहरूलाई “ ब्रह्मपुत्र क्षत्रिय ” (ब्रह्मपुत्र क्षत्री) मानिन्छ , जसले जनै लगाउनुपर्ने परम्परा छ। भनी , भारी , भारिज...

Yogal (योगल)

योगल यँगा हिति: धुलिखेलको बहुसंख्यक नेवा: उपजाति यगोलको पुर्खौली थलो हो। ने.स. ७९० अघि आदि पुर्खा गुणकर सिं यँगाबाट धुलिखेल प्रस्थान भई छ भाई सन्तानबाट धुलिखेल र अन्य स्थानमा फैलिए। राजा प्रताप मल्लद्वारा बनेपा सात गाउँ कब्जा गरे लगत्तै धुलिखेलको प्रशासनिक जिम्मा लगाई गुणकर सिंलाई पठाएको हुनुपर्ने ठम्याई छ।  यंगालको 'सिंह' खलक कालान्तरमा अपभ्रंश हुँदै 'योगल' नामक स्थान विशेष थरको रूपमा रहन गएको भनाइ पाइन्छ। योगल त्यति बेलाको प्रशासनिक प्रमुख रहेको उल्लेखबाट उनलाई छथरिया श्रेष्ठ मान्न सकिन्छ। साथै, 'सिंह' थर सामान्यतः कायस्थ जातिले प्रयोग गर्ने भएकाले योगल थर पनि कायस्थ जातिको उपथर भएको अनुमान गर्न सकिन्छ। Yogal Yanga Hiti: is the ancestral homeland of the majority Newar subgroup known as Yogol of  Dhulikhel . Prior to Nepal Sambat 790, the Gunakar Singh is believed to have migrated from Yanga to Dhulikhel. From his six sons, the family lineage spread throughout Dhulikhel and other areas. It is assumed that shortly after King Pratap Malla took control over the se...

Rajthala

नेवा सभ्यता तान्त्रिक जगमा बसेको हुँदा रक्सी र छ्याङ्ग जस्ता मद्य पदार्थ शक्ति पूजनको लागि अत्यावश्यक रहेको छ। रक्सी र छ्याङ्ग बनाउन चाहिने एक महत्वपूर्ण सामान मोर्चा (नेपाल भाषा: मना अथवा मनापू) रहेको छ। नेवा समुदायमा राजथला जाति यस्तो मोर्चा बनाउने र काठमाडौं उपत्यका साथै वरपर धान, गहुँ, मकै, तरकारीसँग साट्ने गर्दथे। राजथला जातिको मुख्य बसोबास ललितपुरको लुभुमा रहेको छ। Since Newa civilization is rooted in the Tantric tradition, alcoholic beverages like raksi and chhyang are essential for power-worship rituals. A crucial ingredient for making raksi and chhyang is morcha (Nepal Bhasa: mana or manapu). In the Newa community, the Rajthala group specialized in making this morcha and used to barter it for rice, wheat, maize, and vegetables in and around Kathmandu Valley. The primary settlement of the Rajthala people is in Lubhu, Lalitpur.

Sayaju/Sainju

सैँजू/साँयजू  राजनीतिमा राम्रै जग बसाइ सकेका केही कायस्थ भारदार भइ सेनापति भए। भोटलाई नेवारी भाषामा साँय देश भनिन्छ। भोटसँगको पटक पटकको युद्धमा जित हासिल गरेका भारदार कस (कायस्थ) लाई, जितेको खुसीयालीमा मल्ल राजाले साँय (भोटको राजा) पदवी दिएका थिए।  पदवी पाएका कायस्थले आफ्नो नाम पछाडि साँयजू लेख्न थाले। हाल ती साँयजूहरूले आफुलाई सैंजू भन्छन्। Sainju/Sayaju Some Kayastha courtiers, who had already established a strong foothold in politics, became generals. In the Newar language, Tibet is called Sānya deśa. A Kayastha courtier (Kāsa) who had achieved victory in repeated wars against Tibet was granted the title of Sānya (King of Tibet) by the Malla king as a token of celebration. Those who received this title started writing Sānyajū after their names. Today, their descendants refer to themselves as Sainjū.

Kayastha

कस, कसजु, कायस्थ, भुजु, फैजु, सैंजु स्थानीय नेपाल भाषामा कस, कसजु भनेर चिनिने कायस्थ लिच्छवि काल देखि नै नेवा समुदायमा सामेल भएको देखिन्छ। त्यस्तै, कायस्थको अर्को समूह सिमरौनगढबाट भागेर रानी देवलदेवी र छोरा जगतसिंह देवसँगै नेपाल मण्डल आएको इतिहास रहेको छ। लिच्छवी काल (नेपाल सम्बत २६०) मा सिंह थर प्रयोग गर्ने कायस्थ जातिले नेपाल सम्बत ६३९ आई पुग्दा कस थर प्रयोग गरेको देखिन्छ। कसजू शब्द दुई शब्द 'कस' र 'जू' मिलेर बनेको हो। 'कस' भन्नाले लेखक हो भने 'जू' आदरार्थी शब्द हो। कायस्थहरूले विभिन्न राजाहरूको दरबारमा मन्त्री, सल्लाहकार वा सर्वोच्च सरकारी पदहरू रहेर सेवा गरेको देखिन्छ। कायस्थहरूको जीविकोपार्जनको माध्यम नै लेखनी हो। शिक्षित वर्गको नाताले उनीहरूले दरबारी लिखितको साथसाथै विभिन्न ग्रन्थ, ठ्यासफू लिपिबद्ध गर्ने काम गरे।  केही कायस्थहरू राजनीतिमा समेत प्रवेश गरे जसले तत्कालीन नेपाल मण्डलको राजनैतिक इतिहास समेत प्रभावित भयो। राजनीतिमा प्रवेश गर्ने पहिलो व्यक्ति कस्त (कायस्थ) भारो हो। उनी ने.सं. ४४६ मा राजनीतिमा प्रवेश गरेको देखिएको छ। मल्ल कालमा राजालाई परा...

Khadgi

नाय्, खड्गी, शाही, कसाइ, न्याचा खड्गी   शब्द पशु वध तथा मासु बिक्री गर्ने पेशाबाट उत्पन्न भएको हो। प्राचीन समयमा यो जाति खड्ग वा तरबार चलाउने (सैन्य) जातिका रूपमा चिनिन्थ्यो।  खड्गी  जातिले आफूहरूलाई शाही ठकुरीका वंशज भएको दाबी गर्छन्।  नाय् , खड्गी, शाही, कसाइ (अपुष्ट), नाय्चा यी जातिले प्रयोग गर्ने थर हुन्।  नाय्  जातिको उत्पत्ति बारे दुई जनश्रुति रहेका छन्। काठमाडौं उपत्यकातर्फ आउँदै गर्दा हरि सिंह देव आफ्नो कुलदेवी तलेजुलाई समेत साथमा लिएर आएका थिए। यात्रा क्रममा उनको समूहलाई खानका लागि केही उपलब्ध भएन। त्यसपछि राजाले देवी तलेजुको आह्वान गरे। देवी तलेजु हरि सिंह देवको सपनामा प्रकट भइन् र भोलिपल्ट बिहान पहिलो देखिएको जनावर खान सक्ने आदेश दिइन्। बिहान पहिलो देखिएको जनावर जङ्गली राँगो (अर्ना) थियो। त्यसपछि उक्त राँगोलाई बलि दिनका लागि देवीको सामु ल्याइयो। र राजा सँगै आएका एक सेनाले राँगोको बध गरे र कालान्तरमा  नाय्  बनेको भनिन्छ। अर्को कथन अनुसार, जात विभाजन गर्दा राँगो काट्ने मानिसको खोजी भयो। त्यसको लागि राजाबाट भोलिका दिन बिहानै सूर्यको विपरीत...

Yami

यमी   सामान्य तया नेवार समुदायमा काठमाडौं बासी नेवारहरूलाई यमी भनिन्छ ।  तर पूर्व राज्य मन्त्री, स्वतन्त्रता सेनानी, समाज सुधारक तथा लेखक धर्म रत्न तुलाधरले  यमी  उपमा प्रयोग गरे, जसका कारण उनका सन्तति (हिसिला यमी)ले पनि यमी थर प्रयोग गरे । तसर्थ यमी तुलाधर को उपथरको रूपमा लिन सकिन्छ। https://en.wikipedia.org/wiki/Tuladhar#:~:text=According%20to%20the%20division%20of,between%20Nepal%2C%20India%20and%20Tibet. Yami   Generally, in the Newar community, Newars residing in Kathmandu are called "Yami." But, former State Minister, freedom fighter, social reformer, and writer Dharma Ratna Tuladhar used the surname 'Yami,' which led his descendants (Hisila Yami) to adopt the same surname. Therefore, 'Yami' can be considered a sub-caste of Tuladhar.